Widgets

Home » » दयाहाङले दीपशिखालाई भने, ‘हे व्यूटिफूल’

दयाहाङले दीपशिखालाई भने, ‘हे व्यूटिफूल’

Written By sangalo on Tuesday, July 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
चलचित्र ‘लुट’का गोफ्ले अर्थात दयाहाङ राई अब रोमान्टिक हिरो बन्ने सोचमा छन् । यसैले उनी चलचित्र ‘झोले’मा नायिका पि्रयंका कार्कीसँग रोमान्स गर्दै गरेको अवस्थामा देखिनेछन् । यसैबिच दयाहाङ अब अर्की एक सुन्दर नायिकासँग पनि चलचित्रको पर्दामा रोमान्स गर्ने तयारीमा छन् । निर्माताबाट निर्देशक बन्न लागेका मुनाल घिमिरेको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘हे ब्यूटिफूल’मा दयाहाङको साथमा सुवास थापा, दीपशिखा शाही, अर्जुन श्रेष्ठ, गणेश उप्रेतीको मुख्य भूमिका रहनेछ ।चलचित्रको छायांकन भदौबाट सुरु गरिने निर्देशक घिमिरेले अनलाइनखबरलाई जानकारी दिएका छन् । चलचित्रमा रोम वली, नविन श्रेष्ठ, लक्ष्मण पौडेल र केशव श्रेष्ठको लगानी रहने बताइएको छ ।
चलचित्रमा मुनाल घिमिरे र प्रकाश घिमिरेको कथा, पुरुषोत्तम प्रधानको छायांकन, वीपिन सागर र करन कार्कीको संगीत, लोकराज अधिकारीको गीत रहनेछ । चलचित्र युवापुस्तमा केन्दि्रत हुने निर्देशक घिमिरेको भनाई छ । सिनेमाका निर्देशकहरुबाट सन्तुष्ट नभएर तपाई आफै निर्देशक बन्न लाग्नु भएको हो भन्ने अनलाइनखबरको प्रश्नमा नव निर्देशक घिमिरेले आफूमा सानै देखि यसको रुचि भएकाले जिम्मेबारी सम्हाल्न लागेको बताए । निर्देशक ऋषि लामिछानेबाट धेरै कुरा सिकेर निर्देशक बन्न लागेको घिमिरेको भनाई छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger