Widgets

Home » » युनिटीसंग जोडेर मेरो चरित्र हत्या गर्न खोजियो : पाण्डे

युनिटीसंग जोडेर मेरो चरित्र हत्या गर्न खोजियो : पाण्डे

Written By sangalo on Thursday, July 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

minister surendra pandey
२० असार, काठमाण्डौ । पूर्वअर्थमन्त्री एवम् नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य सुरेन्द्र पाण्डेले आफ्नो राजनीतिक चरित्र ध्वस्त पार्न युनिटी काण्डमा आफ्नो नाम जोडिएको आरोप लगाउनु भएको छ ।
 युनिटी लाइफ इन्टरनेशनलसँग ५ करोड रुपैयाँ लिएको आरोप पार्टी निकट पत्रिकाले लगाएको भोलिपल्ट रिपोर्टर्स क्लव नेपालमा बिहीबार पत्रकार सम्मेलन गरी उहाँले सुनियोजितरुपमा युनिटीकाण्ड उठाइएको दावी गर्नु भयो ।
‘युनिटीमा सम्बद्ध एक व्यक्तिलाई उद्धृत गर्दै पत्रपत्रिकामा समाचार छपाउनु बदनियतपूर्ण, सुनियोजित तथा राजनीतिक रुपले मेरो निजी र सार्वजनिक छविमाथि आँच पुर्‍याउने कुनियतले गरिएको दुष्कर्म हो भन्ने मेरो ठहर छ,’ उहाँले भन्नुभयो ।  आफू अर्थमन्त्री भएको सरकारले नै यूनिटी प्रकरणका दोषिहरुमाथि कारवाही गरेको जानकारी दिदै कारवाही गरेकैसँग साठगाँठ कसरी हुन सक्छ ? उहाँले प्रश्न गर्नु भयो । पाण्डेले समाचारमा उल्लेख भएको २०६५ सालमा आफूले यूनिटीलाई चिन्दा पनि नचिनेको र समाचारमा उल्लेख भएका कृष्ण पाठक र टंक पनेरुलाई समेत नचिनेको स्पष्ट पार्नु भयो ।
एमालेको मुखपत्र बुधबार साप्ताहिकमा युनिटी प्रकरणमा सुरेन्द्रमाथि संगीन आरोप शीर्षकको समाचार छापिएको थियो । पाण्डेले पार्टीको महाधिवेशन नजिकिँदै चरित्र हत्या गर्ने नियतले आएका समाचारले धेरै आशंका जन्माएको बताउनुभयो । ‘म छानबिनकै चरणमा छु,’ उहाँले भन्नुभयो, ‘यो महाधिवेशनसँग जोडिएर आएको पनि हुन सक्छ ।’ पाण्डेले आफूले युनिटी प्रकरणमा कसैबाट पैसा लिएको प्रमाणित गर्न चुनौति दिनुभयो । ‘जोसुकैले छानबिन गर्न सक्छ, पार्टी होस् या राज्य,’ उहाँको भनाई थियो , ‘कहिँ कतै संलग्नता पाए कारबाही भोगौँला ।’
युनिटी प्रकरणमा ३० महिना तीन दिन जेल बसेर ३७ लाख धरौटीमा रिहा भएका एमाले धौलागिरी अञ्चल समन्वय कमिटी सदस्य कृष्ण पाठकले तत्कालिन अर्थमन्त्री पाण्डेलाई नगद र जिन्सी गरेर पाँच करोड रुपैयाँ दिएको आरोप लगाएको समाचारमा उल्लेख छ । पाठकले पैसा दिएको आरोप पत्र एमाले अध्यक्ष झलनाथ खनाललाई दिएको समाचारमा उल्लेख छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger