भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
केही साता यता बलिउड नायक साहरुख खान तेश्रो बच्चाको पिता बनेको खबरले विश्व बजार निक्कै तातेको थियो । तर अब यो कुराको सम्पुर्ण खबर बाहिर आएको छ । साहरुख र गौरीले सरोगेसीको साहारामा तेश्रो बच्चा मन्नतमा भित्राएको भारतिय संचारमाध्यहरुले जनाएका छन् ।
वीएमसीले पनि साहरुख र गौरीको घरमा नयाा बच्चा भित्रिएको पुष्टी गरेको छ । वीएमसीले भारतमा जन्म लिने सम्पुर्ण नयाँ बच्चाहरुको रेकर्ड राख्ने गर्दछ । मे महिनाको २७ तारिखमा साहरुखको तेश्रो बच्चाले जन्म लिएको बताइएको छ ।
सरोगेसी मार्फत बच्चा जन्माउने महिला यतिबेला लण्डन फर्किसकेकी छिन् । यता साहरुख र गौरीले आफ्नो नयाा बच्चालाई मन्नतमा ल्याइसकेको बताइएको छ । साहरुखको नयाा बच्चा छोरा हुन् । डेढ महिनासम्म साहरुखले आफ्नो खुशीलाई बाहिर ल्याएका छैनन् । उनले यस बिषयमा चाडै नै पत्रकार सम्मेलनको आयोजना गरेर सम्पुर्ण जानकारी दिने बताइएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.