Widgets

Home » , » ‘रङ वे’ मा पनि जियाले खोलिन् भित्री बस्त्र, अन्य फिल्ममा पनि यस्तै चर्तिकला (भिडियो)

‘रङ वे’ मा पनि जियाले खोलिन् भित्री बस्त्र, अन्य फिल्ममा पनि यस्तै चर्तिकला (भिडियो)

Written By sangalo on Thursday, July 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

उसो त यतिबेला नायिका जिया केसी चलचित्रमा अब उत्तेजक दृश्य नदिने तर्क गर्दै हिडेकी छिन् । तर पनि उनले अभिनय गरेका अधिकांश चलचित्रले अश्लिलताको पराकाष्ट नाघेकै कारणले चर्चामा छन् । चलचित्र ‘एटीएम’मा जियाले दिएको दृश्यले बजार निक्कै ततायो ।तर चलचित्रलाई सेन्सर बोर्डले प्रदर्शनमा नै रोक लगाइदियो । चर्चामा आउनकै लागि जियाले ‘बर्बाद’ नामक अर्को सिनेमामा पनि सकेजती कपडा खोलिन् । तर यो चलचित्रलाई पनि सेन्सरले रोकिदियो । हालै मात्र जियाले नै अभिनय गरेको नयाँ चलचित्र ‘रङ वे’ को प्रोमो सार्वजनिक भएको छ । चलचित्रको प्रोमोले पनि सेक्स र अश्लिलतालाई पस्केको स्पष्ट झल्कन्छ । चलचित्रमा नायिक केसीले आफ्नो भित्री बस्त्र मझैले खोलेकी छिन् । यो प्रोमोलाई पनि अश्लिलताको अर्को नमूना भन्ने खालका चर्चा बजारमा चल्न थालेका छन् ।
जियाले प्रदर्शनका लागि तयार भएको चलचित्र ‘जीगिलो’मा पनि उत्तेजक दृश्य दिएको वुझिएको छ । उसो त यो चलचित्रको कुनै पनि सामाग्री बजारमा आइसकेको छैन । नेपाली सिनेमाका दर्शकहरु यस्ता उत्तेजक दृश्यका कारण भड्किन थालेका छन् । तर सामाजिक चलचित्र बनाएर चर्चामा आएका निर्देशक दिपक श्रेष्ठले निर्देशन गरेको ‘रङ वे’मा यस्ता खालका दृश्य र संवाद पस्कनु आफैमा दुखको कुरा हो । नेपाली सिनेमामा उत्तेजक दृश्य दिएर चर्चामा आउने अधिकांश नायिकाहरु अहिले पलायनको अवस्थामा छन् । चलचित्रमो पर्दामा उत्तेजक दृश्य दिने नायिका भन्दा सामान्य भूमिका गर्ने नायिकारुले नै चलेका छन् । यहाँ हामीले जियाले दिएका उत्तेजक दृश्य समावेश केही चलचित्रको भिडियो प्रस्तुत गरेका छौ । सबैभन्दा पहिला जियाले अभिनय गरेको नयाँ चलचित्र ‘रङ वे’को यो प्रोमो हेर्नुहोस् ।
यस्तै जीयाले नै अभिनय गरेको चलचित्र ‘एटीएम’मा समावेश एक गीत यस्तो छ । जीयाले चलचित्र ‘रिङरोड’को एक आइटम गीतमा पनि उत्तेजक हाउभाउका साथ नृत्य गरेकी छिन् । जीयाले नै अभिनय गरेको चलचित्र ‘बर्बाद’को प्रोमो र आइटम गीतमा पनि अश्लिलता झल्केको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger