Widgets

Home » » यूएईमा एक नेपाली कामदारको मृत्‍यु

यूएईमा एक नेपाली कामदारको मृत्‍यु

Written By sangalo on Saturday, July 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
उमाकान्त पाण्डे/होमबहादुर बुढाथोकी अबुधावी । संयुक्त अरब इमिरेट्स यूएईको दुबइमा एक नेपालीको मृत्‍यु भएको छ । रोजगारीका लागि ८ महिना अघि दुबर्इ आएका भोजपुरका नबिन कुमार राईको हृदयघातका कारण ज्यान गएको हो । दुबर्इमा रहेको बर्केली जनरल सर्भिसेस कम्पनीमा सुरक्षा गार्डको रुपमा कार्यरत राईको ज्यान गएको हो । उनी बर्केली कम्पनी मार्फत दुबर्इ बिमनस्थलमा सुरक्षा गार्डको रुपमा कार्यरत थिए । आइतबार राती रात्री सेवाको ड्युटी सकेर सोमबार बिहान दुबइको अल्कुजमा रहेको मजदुर क्याम्पमा आएर सुतेका उनी सधैंका लागि निदाइरहे । रोजीरोटी गरि घर परिवारलाई खुशी राख्ने मिठा सपना बुनेर हिंडेका राईको सपना गत सोमबार दिउस तुहिएर गयो । राईको परिवार अहिले अचेत अवस्थामा छन । उनको परिवार हाल मोरङमा बस्दै आएका छन । १ छोरा र श्रीमती सहितको उनको परिवार अहिले अलपत्र अवस्थामा छ । घरको आम्दानी जुटाउने श्रीमानको बिदेशमा निधन भए पछि श्रीमती बेहोश छिन् । ३८ बर्षिय राइ यस् अघि ३ बर्ष मलेसिया र माल्दिभ्स २ बर्ष काम गरि ८ महिना अघि मात्र दुबइ आएका थिए । मृतक राइको शब हाल दुबइको अल रशिद अस्पतालमा राखिएको छ । कानुनी प्रकृया पुरा गरि शब नेपाल पठाउन अझै केहि दिन लाग्ने कम्पनी स्रोतले बताएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger