Widgets

Home » » किन चुनाव चाहन्छन् पूर्वराजा ?

किन चुनाव चाहन्छन् पूर्वराजा ?

Written By sangalo on Monday, July 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Gyanendra

काठमाडौ, असार २४ - सिमरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले महाकाली नदीका बाढीपीडितको सहयोगका लागि २५ लाख रुपियाँ दिने घोषणा गरे। ५ असारमा जनकपुरमा आफ्नो सम्मानमा आयोजित अभिनन्दन कार्यक्रममा उनले घुमाउरो पारामा आफूले विगतमा गल्ती गरेको भन्दै सांकेतिक आत्मालोचना गरे। र, निषेधको राजनीति नगर्न आग्रह गरे। यी तिनै ज्ञानेन्द्र हुन्, जसले राजा हुँदा व्यक्तिगत तवरमा यसरी कहिल्यै कसैलाई आर्थिक सहायता गरेनन्। न त १८ असोज ०५९ र १९ माघ ०६१ का अप्रजातान्त्रिक कदमहरूप्रति नै उनलाई कहिल्यै पश्चात्ताप भयो। '१९ माघ'पछि आफूले सुरु गरेको निषेधको राजनीतिलाई पनि उनले कहिल्यै गलत ठानेनन्। बरू, '१९ माघ'को राजनीतिक 'कू'लाई तत्कालीन समयको आवश्यकताका रूपमा व्याख्या गर्दै आएका थिए। तर प्रश्न छ, त्यस्ता पूर्वराजाबाट २५ लाख रुपियाँ आफ्नो ढुकुटीबाट सहयोग स्वरूप दिने र विगतका राजनीतिक कदमप्रति सांकेतिक रूपमा आत्मालोचना कसरी सम्भव भयो ? प्राप्त सूचना र विश्लेषणहरूका आधारमा उत्तर पनि प्रस्ट छ, संविधानसभाको चुनावलाई उपयोग गर्ने र त्यही बलमा शक्तिशाली हुने र अन्ततः पुनःस्थापित हुने लक्ष्यका साथ उनले आफ्नो बोली र शैली बदलेका हुन्। जनताको मन जितेर मात्रै राजतन्त्र समर्थकहरूलाई निर्वाचनमा बलियो बनाउन सकिने उनको आकलन छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger