Widgets

Home » » ताप्लेजुङका अग्नि पीडितलाई हङकङबाट रकम सहयोग

ताप्लेजुङका अग्नि पीडितलाई हङकङबाट रकम सहयोग

Written By sangalo on Monday, July 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

help

हङकङ, असार १८ - ताप्लेजुङका अग्नि पीडित सहयोगार्थ हङकङमा करिब चार लाख रुपैयाँ संकलित भएको छ । यहाँस्थित फुङ्लिङ ताप्लेजुङ बजार सेवा समितिले सांगीतिक कार्यक्रमको आयोजना गरी उक्त रकम जुटाएको हो । गत माघ २६ गते ताप्लेजुङ सदरमुकाम फुङलिङमा भएको भिषण आगलागीबाट ८ घर जल्नुका साथै ठूलो धनजनको क्षति भएको थियो । आइतबार साँझ आयोजित एक कार्यक्रममा अग्नि पीडित सहयोग साँझका संयोजक चन्द्र मादेन 'आन्छन' ले ३१ हजार ५ सय २० हङकङ डलर (करिब चार लाख रुपैयाँ) नेपाल पत्रकार संघ हङकङका अध्यक्ष किसन राईलाई हस्तान्तरण गरेका हुन् । नेपाल पत्रकार महासंघ (काठमाडौं) ले उक्त रकम आफ्नो स्थानीय शाखामार्फत पीडितहरूलाई वितरण गर्ने जनाइएको छ । गत मे ५ मा आयोजित सांगीतिक साँझमा कलाकारहरूले निःशुल्क सहभागिता जनाएका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger