Widgets

Home » » पटकथा र आदिवासी नायिका

पटकथा र आदिवासी नायिका

Written By sangalo on Monday, July 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Clossing

नायिकाको खास काम निर्देशकले दिएको जिम्मेवारी पूरा गर्नु हो । चलचित्र विकास बोर्डअन्तर्गत आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिले गरेको तीनदिने पटकथा लेखन तालिममा भने अधिकांश आदिवासी जनजाति नायिकाहरू पटकथा लेखन सिकिरहेका भेटिए । 'निर्देशन र लेखनको चासो पहिल्यैदेखि थियो,' आधा दर्जनभन्दा बढी थारू फिल्ममा अभिनय गरेकी सोनु थारूले भनिन्् । 'करम', 'बुर्‍हान', 'प्रेमके जाल', 'दरार', 'इ कैसे माता', 'डगर' जस्ता फिल्मकी नायिकाले पछिल्लोपटक आप््नै ब्यानर बनाई फिल्म निर्माणतिर पनि जुटिरहेकी छ्् । थारू ड्रेसमै तीन दिन ट्रेनिङ धाएकी उनले अनुप सुवेदीबाट पटकथा लेखनको ज्ञान हासिल गरेपछि सोमबार समापनमा भनि््, 'आप््नै समुदायको मौलिक कथा खोज्न सकिने रहेछ भन्ने आँट बढेको छ ।' यस्तै मत राखि्् शान्ति मगरले पनि । 'एजु', 'चिन्डियाक', 'सालिज्यु', 'हाम्रो सानो गाउँ' लगायतका फिल्मकी नायिका शान्तिले पटपकथाको ज्ञानले फिल्मको कुनै पनि चरित्र निर्माणमा समेत सघाउने र अभिनयलाई सहज तुल्याउने तर्क राखि्् । 'मेरो चाँूि निर्देशनको लक्ष्य हो,' आधा दर्जन तामाङ फिल्ममा खेलेकी सुकुमाया मोक्तानले भनिन््, 'पटकथाको ज्ञान झन सघाउने रहेछ ।' उनको तर्कलाई साथ दिनेमा चाँदनी राई र सीता राई पनि थिइन्् । दुवैले बुझेर फिल्म खेल्दाको परिणाम नै भिन्न हुने दाबी गर्दै गुणात्मक फिल्मका लागि यस्ता ज्ञान महत्त्वपूर्ण रहेको बताइन् । तीनदिने ट्रेनिङको समापन समारोहमा प्रमाणपत्र वितरण गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष धमेन्द्र मरवैताले 'सबै समुदायको फिल्मको विकास भयो भने नेपाली फिल्म उद्योगलाई व्यावसायिक बनाउने अभियानमा इँटा थपिने' दाबी गरे । समितिका संयोजक पृनाराज जोशीले नेपाली फिल्म उद्योगलाई धनी बनाउन आदिवासी जनजाति समुदायका कथाहरू पर्याप्त रहेको दाबी गर्दै मौलिक कथा खोजी र विकासको लागि कार्यक्रम राखिएको बताए । ६० जना सहभागी रहेको ट्रेनिङको पहिलो दिन साहित्यकार तथा पटकथा लेखक विश्वभक्त दुलाल 'आहुति'ले आदिवासी चेतना, सौन्दर्य र इतिहास सम्बन्धी सिकाएका थिए भने पछिल्लो दुई दिन अनुप सुवेदीले पटकथा लेखनबारे प्रशिक्षण दिएका थिए । समापन समारोहमा अग्रज चलचित्रकर्मी लक्ष्मीनाथ शर्मा, निर्माता संघका अध्यक्ष राजकुमार राई, उदय सुब्बा लगायतले पनि प्रशिक्षार्थीहरूलाई बधाइ दिएका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger