भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
गर्मीमा हुने धूलो तथा अन्य प्रदूषणले स्वास्थ्यमा पनि असर पुर्याउँछ। यो मौसममा एकातिर खाना खान रुचि कम हुने, खानेकुराहरू चाँडै बिग्रने र त्यसको सेवनले रोग निम्त्याउने हुन्छ भने अर्कातिर रोगका जीवाणुहरू तथा रोगका भेक्टरहरूको संख्यामा पनि वृद्धि हुने एवं रोग फैलने खतरा हुन्छ। गर्मी मौसममा शरीरलाई तातो बनाउन वा शरीरको तापक्रम ३७ डिग्री सेन्टिग्रेडमा राख्न हामीले धेरै शक्ति खर्चिनु पर्दैन। यो अवस्थामा हाम्रो मेटाबोलिज्म कम हुन्छ र खानामा रुचि घट्छ तर पनि शरीर स्वस्थ एवं सन्तुलित राख्न खाना अति आवश्यक हुन्छ। यो मौसममा बढी प्रोटिनयुक्त तथा क्यालोरी भएको -कार्बोहाइड्रेड, बोसो) खानेकुरा भन्दा पनि भिटामिन, खनिज (मिनिरल) तथा पानी भएका खानेकुरा रोज्नुपर्छ। यस्तो मौसममा दही, काँक्रा, फलफूल तथा सलाद आदिलाई आफ्नो भोजनमा समावेश गर्नुपर्छ। नियमित खाजामा फलफूल तथा फलफूलको रस, लस्सी आदि सेवन गर्नु उचित हुन्छ। गर्मीमा बढी प्रोटिनयुक्त खानेकुराहरू (मासु, अण्डा, दूध तथा दूधका परिकारहरू) रोज्नु पनि राम्रो होइन। अधिकांश रोगका जीवाणुको वृद्धि २५ देखि ४० डिग्री सेन्टिग्रेड तापक्रममा हुने गरेको पाइन्छ। गर्मी मौसममा वातावरणीय तापक्रम यसैको सेरोफेरोमा रहने भएकाले यो मौसममा रोगका जीवाणुको वृद्धि हुन्छ। जीवाणुहरूको वृद्धि हाम्रो नियमित खानामा पनि हुन सक्छ। ती जीवाणुहरू र तिनले उत्पादन गरेका विभिन्न रसायनहरू -टक्सिनहरू) ले विशेष गरी झाडापखाला लगाउने, बान्ता गराउने, पेट दुखाउने तथा फुड प्वाइजनिङ गराउने हुनसक्छ। कुनै-कुनै जीवाणुको फुड प्वाइजनिङ निकै खतरनाक मानिन्छ। त्यसैले यो मौसममा ठिक्क मात्रामा खाना पकाउनुपर्छ। खानालाई लामो समय बासी राख्नु हुँदैन। हुन त खानेकुरा सधै स्वच्छ, सफा र ताजा हुनुपर्छ तर यो मौसममा अझ बढी सतर्कता अपनाउनुपर्छ। खानेकुरा भण्डार गर्दा पि|mज प्रयोग गर्नुपर्छ। पानीको प्रयोगमा पनि ध्यान पुर्याउनुपर्छ। शरीरको तापक्रममा सन्तुलन कायम राख्न बढी पानी पिउनुपर्ने हुन्छ। गर्मी मौसममा बढी मसालेदार वा चिल्लो खाना खानु हुँदैन। यो मौसममा पानीको प्रदूषण पनि बढी हुन्छ। पानीको प्रदूषणका कारण हुने रोगहरूमा झाडापखाला अझै पनि प्रमुख मानिन्छ। प्रदूषित पानीको माध्यमबाट झाडापखाला तथा अन्य रोगका जीवाणुहरू हाम्रो शरीरमा प्रवेश गर्छन्। पानीको प्रदूषणका कारणले टाइफाइड, हेपाटाइटिस -जन्डिस), मनसुन डिजिज आदि विभिन्न किसिमका जुका पर्ने, अपच तथा पेटको गडबडी हुने समस्याले पनि दुःख दिन सक्छन्। यस्तो मौसममा निर्मलीकरण गरिएको पानी मात्र सेवन गर्नुपर्छ। पानीलाई उमालेर, फिल्टर -छानेर) गरेर तथा औषधि प्रयोग गरेर निर्मलीकरण गर्न सकिन्छ। स्कुल जाने बालबालिकाहरूलाई नियमित रूपमा घरबाटै स्वच्छ पानी वा ग्लुकोज पानी पठाउनु राम्रो हो। त्यस्तै खाना खानुअघि राम्रोसँग हात धुने, खाना पकाउनु तथा पस्कनुअघि हात धुने, दिसा तथा पिसाब गर्न चर्पीको प्रयोग गर्ने, शौचालय गएर आइसकेपछि राम्रोसँग हात धुने बानी-व्यवहारले पनि यस्ता रोगहरूबाट जोगाउन सहयोग गर्छ। यो मौसममा रोग फैलाउने कारकहरू (झिङ्गा, लामखुट्टे, भुसुना) को वृद्धि हुन्छ। यस्ता भेक्टरहरूले रोग लगाउँछन्, रोगका जीवाणु सार्छन् र रोग फैलाउँछन्। डेंगु, मलेरिया, इन्सेफ्लाइटिस लामखुट्टेबाट फैलन्छन् भने कालाज्वर भुसुनाको टोकाइबाट फैलिन्छ। यी रोगलाई नियन्त्रण गर्न हामीले लामखुट्टे तथा भुसुनाको वृद्धि नै नियन्त्रण गर्नुपर्छ र तिनको टोकाइबाट बच्नुपर्छ। लामखुट्टेको वृद्धि रोक्न घर वरिपरिका खाल्टाखुल्टी पुर्नुपर्छ, नाली तथा ढलको सफाइमा ध्यान पुर्याउनुपर्छ। टायर, ड्रम तथा जारहरूमा भरिएको पानी फाल्नुपर्छ। लामखुट्टेको टोकाइबाट जोगिन साँझपख घरबाहिर नबस्ने, पूरा शरीर छोप्ने लुगाहरू लगाउने तथा खुल्ला रहेको भागमा लामखुट्टेले नटोक्ने लोसन लगाउने, घरका झ्याल तथा ढोकाहरूमा जाली लगाउने एवं झुल, धूप वा म्याट प्रयोग गर्नुपर्छ। यो मौसममा आफूलाई स्वस्थ, निरोगी, फुर्ती तथा सन्तुलित राख्न खाना र पानीसँगै व्यक्तिगत र वातावरणीय सरसफाइको ठूलो महत्व हुन्छ। खानामा रुचि कायम राख्न तथा कुपोषण हुन नदिन हरियो सागपात, फलफूल, कागती, अमला, गोलभेंडाको अचार, पानी एवं झोलकुराहरू प्रशस्त मात्रामा सेवन गर्नुपर्छ। काँक्रा, गाजर, मुला, कागती पानी, लस्सी, फलफूलको रस यो मौसमका प्रचलित तथा स्वास्थ्यवर्द्धक खानेकुरा हुन्। त्यस्तै हात धुने बानी बसाल्ने, ताजा खानेकुरा मात्र खाने तथा वातावरण सफा राख्नाले धेरै रोगबाट जोगिन सकिन्छ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.