Widgets

Home » » कोसी ग्यास उद्योगमा सिल

कोसी ग्यास उद्योगमा सिल

Written By sangalo on Monday, July 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

  खाना पकाउने सिलिन्डरमा कम तौल रहेको भेटिएपछि सोमबार नवलपरासीको गैंडाकोटस्थित कोसी ग्यास उद्योगमा सिलबन्दी गर्दै प्रहरी ।

असार १८ - सिलिन्डरमा मापदण्डभन्दा कम ग्यास भरेको पाइएपछि जिल्ला प्रशासनले गैंडाकोटस्थित कोसी ग्यास उद्योगमा सिल गरेको छ । कम ग्यास राखेर उपभोक्तालाई ठगी गरेको अभियोगमा प्रशासनले छानबिन सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले सोमबार गैंडाकोटस्थित कारखाना सिल गरेर अनुसन्धान अघि बढाएको जनाएको हो । प्रशासनको टोलीले गैंडाकोटस्थित उद्योग निरीक्ष्ाण गरी गोदाममा रहेका सिलिन्डर जोख्दा २ वटामा १ सय ८० ग्राम कम तौल भेटिएको थियो । कावासोतीमा रहेको कोसी ग्यासको डिलरले बिक्री गरेका सिलिन्डर आइतबार उपभोक्ताले जोख्दा कम तौल भएका १७ वटा सिलिन्डर बरामद भएपछि उपभोक्तालाई ठगी गरेको खुलेको हो । जिल्ला प्रशासनले उद्योगलाई पत्र लेखेर बजारमा पठाइएका सिलिन्डरमा तौल कम फेला परेको भन्ने उजुरीका आधारमा अनुसन्धान आवश्यक परेकाले सिल गरिएको जानकारी दिएको छ । कारखानाका सञ्चालक सचित उपाध्यायलाई पत्र बुझाइएको थियो । गैंडाकोट-७ स्थित जानकी ग्यास उद्योगले कोसी ग्यास र जानकी ग्यासका सिलिन्डरमा ग्यास भर्दै आएको छ । आफूसहित प्रहरी, नापतौल विभागका प्रतिनिधि, उपभोक्ता महासंघ प्रतिनिधि र स्थानीयको रोहवरमा ग्यास उद्योगमा सिलबन्दी गरी ग्यास भर्न र बिक्री वितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिए । - 

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger