Widgets

Home » » अफगानीस्तानमा चार नेपालीको मृत्यु

अफगानीस्तानमा चार नेपालीको मृत्यु

Written By sangalo on Monday, July 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

काबुल (एजेन्सी), असार १८ - तालिवानी आक्रमणमा अफगानीस्तानमा कार्यरत चार नेपालीको हत्या भएको छ । तालिवानी बिद्रोहीहरुले नाटो सैनिकलाई सामन उपलब्ध गराउने एक कम्पनीमा आक्रमण गर्दा त्यहाँ सुरक्षा गार्डको रुपमा कार्यरत चार नेपालीको मृत्यु भएको बीबीसीले जनाएको छ ।
आज बिहान भएको आक्रमणमा ४ नेपालीसहित कम्तिमा ७ जनाको मृत्यु भएको बीबीसीको समाचारमा जनाइएको छ । काबुलमा रहेको उक्त कम्पनीले नाटो सैनिकहरुलाई सामान उपलब्ध गराउँथ्यो । आक्रमणकारीहरुले एक ट्रक बिस्फोटक पदार्थ ल्याएको काबुलका प्रहरी प्रमुखलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।
ट्रकमा बिस्फोटक पदार्थ लिएर आक्रमणकारी कम्पनीको गेटबाट भित्र पस्न खोज्दा सुरक्षा गार्डले रोकेका थिए । लगत्तै भएको फायरिङमा नेपाली गार्डसहित बिद्रोही मारिएका हुन् । फायरिङ आधा घण्टा चलेको थियो । ट्रकमा ल्याइको बिस्फोटक पदार्थ पड्कदा घटनास्थलमा ठूलो खाल्डो परेको छ ।
काबुल प्रहरीले आक्रमणमा संलग्न चारजना बिद्रोही मारिएको दाबी गरेको छ । बिद्रोहीले ल्याएको ट्रकको पछाडि रहेका दुई वटा ट्रकका चालक पनि आक्रमणमा मारिएका छन् । उनीहरु गेट भित्र छिर्ने पालो कुरेर बसेका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger