Widgets

Home » » माओवादी नआए पनि मंसिर ४ मै चुनाव: कांग्रेस

माओवादी नआए पनि मंसिर ४ मै चुनाव: कांग्रेस

Written By sangalo on Tuesday, July 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

flag

काठमाडौ, श्रावण १६ - कांग्रेस नेताहरूले नेकपा-माओवादीसहितका असन्तुष्ट दलहरूसितको वार्ता सफल भए पनि नभए पनि मंसिर ४ मा घोषित संविधानसभाको चुनाव गराएरै छाड्नुपर्ने बताएका छन् । तीन सयभन्दा बढी अगुवा कार्यकर्ताका लागि आयोजित केन्द्रीय प्रशिक्षण कार्यक्रमको समापनमा मंगलबार बोल्दै कांग्रेस नेताहरूले जतिसक्दो छिटो नयाँ संविधान निर्माण गरेर मुलुकलाई राजनीतिक संक्रमणबाट मुक्त गर्नुपर्ने र कुनै पनि बहानामा चुनावलाई पछि सार्न या थाँती राख्न नहुने बताए । 'वैद्यजीहरू -मोहन वैद्य नेतृत्वको माओवादीसहितका असन्तुष्ट दल) संग वार्ता भए पनि नभए पनि, वार्ता सफल भए पनि नभए पनि मंसिर ४ मा चुनाव गराउनै पर्छ, यसको विकल्प छैन । वार्ताका नाममा चुनावलाई थाँती राख्न सकिन्न । तसर्थ तपाईहरू कसैले पनि निर्वाचन नहुने आशंका नराखी प्रचारप्रसारमा लाग्नोस्,' कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने । कांग्रेस नेताहरूले मुलुकमा आगामी संविधानसभा चुनावमा लोकतान्त्रिक शक्तिले जितेन भने फेरि पनि संविधान नबन्ने उल्लेख गर्दै लोकतान्त्रिक शक्तिलाई जिताउन पार्टीका नेता तथा कार्यकर्ता एक ढिक्का भएर चुनावी अभियानमा लाग्नुपर्ने बताएका छन् । पार्टीले जनतालाई केन्द्रबिन्दु बनाएर उनीहरूको मन जित्ने कार्यक्रम लिएर चुनावमा जाने उद्घोषसमेत उनीहरूले गरेका छन् । कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले अघिल्लो संविधानसभा चुनावमा माओवादीको डरधाक, धम्कीका कारण पार्टी हारेको उल्लेख गर्दै यसपटक त्यस्तो त्रासको वातावरण नभएकाले ढुक्क भएर कांग्रेसलाई जिताउन चुनावी अभियानमा जुट्न नेता तथा कार्यकर्तालाई आह्वान गरे । 'अघिल्लो चुनावमा माओवादी डरधाक, धम्की र त्रास बढी थियो, त्यही कारण पार्टीले राम्ररी प्रचार गर्न पाएन र नराम्ररी हार बेहोर्नुपर्‍यो । यसपटक त्यस्तो त्रास कम छ,' उनले भने, 'अहिलेको चुनाव सरकार बनाउनमात्र होइन, संघीय लोकतान्त्रिक संविधान बनाउनका लागि हो । लोकतान्त्रिक शक्तिले जितेन भने संविधानसभाबाट लोकतान्त्रिक संविधान बन्न सक्दैन । तसर्थ कांग्रेसले जनताले केन्द्रबिन्दुमा राखेर उनीहरूको हृदय जित्ने नीति तथा कार्यक्रम र घोषणापत्र लिएर चुनावमा जान्छ । हामी नेताहरू पनि चुनावमा एक ढिक्का हुन्छौं । तपाईंहरू -कार्यकर्ता) पनि एक ढिक्का भएर चुनावमा लाग्नोस् ।' कांग्रेसले प्रशिक्षणका सहभागी सबैले माग गरे पनि चुनावका लागि सुरक्षा दस्ता भने नबनाउने भएको छ । उपसभापति पौडेलले चुनावका लागि सुरक्षा दस्ता नबनाउने बताए । उनले मतदान केन्द्र कब्जा हुन नदिन र मतदातालाई सुरक्षित तबरले मतदान गर्न पाउने वातावरण बनाउन सबै जिल्ला, निर्वाचन क्षेत्र र १० हजार वटै मतदान केन्द्रमा भूतपूर्व सैनिक संघ, तरुण दल, नेविसंघ, शिक्षक संघ र पार्टी कार्यकर्ता तथा शुभेच्छुकलाई परिचालन गरी पार्टीले सुरक्षाको व्यवस्थापन गर्ने बताए । महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलाले पनि माओवादीलगायतका असन्तुष्ट दल सहमतिमा नआए पनि निर्वाचन नरोकिने बताए । असन्तुष्ट दललाई सहमतिमा ल्याउने प्रयास भइरहेको भन्दै उनीहरूले सहमतिमा नआए पनि मंसिर ४ का लागि तोकिएको निर्वाचन नरोकिने उल्लेख गरे । 'चुनावमा जान प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गरिएको हो । मुलुकमा संक्रमणकाल लम्ब्याउनुहुँदैन । त्यसैले निर्वाचन जसरी पनि मंसिर ४ मै गर्नुपर्छ,' महामन्त्रीद्वयको भनाइ थियो । मतदान केन्द्रसम्मको प्रशिक्षण साउन २० देखि कांग्रेसले साउन २० देखि क्षेत्र, नगर, गाउँ र मतदान केन्द्रसम्म सम्पूर्ण कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम सार्वजनिक गरेको छ । प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न पार्टीका सबै जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ । केन्द्रीय प्रशिक्षण कार्यक्रमबाट प्रशिक्षित ३ सय अगुवा कार्यकर्तालाई देशभर सञ्चालन हुने प्रशिक्षणमा सहभागी हुनसमेत निर्देशन दिएको छ । प्रशिक्षण विभाग प्रमुख उपसभापति पौडेलले प्रशिक्षकहरूलाई पार्टीको निर्देशनअनुसार सबै क्षेत्र, नगर, गाउँ र मतदान केन्द्रसम्म पुगेर प्रशिक्षण दिन आग्रह गरे । पार्टी र विभागले समेत मतदान केन्द्रसम्मको प्रशिक्षण प्रभावकारी भए/नभएको अनुगमनसमेत गर्ने भएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger