Widgets

Home » » बीबीए ४ वर्षे बनाउन मन्त्रालयको निर्देशन

बीबीए ४ वर्षे बनाउन मन्त्रालयको निर्देशन

Written By sangalo on Tuesday, July 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

moe

काठमाडौ, श्रावण १६ - शिक्षा मन्त्रालयले भारतका विभिन्न विश्वविद्यालयसित सम्बन्धन लिएर नेपालमा चलेका कलेजलाई ब्याचलर्स अफ विजिनेस एडमनिस्ट्रेसन (बीबीए) को शैक्षिक अवधि ४ वर्षे बनाउन निर्देशन दिएको छ । त्रिभुवन (त्रिवि) र काठमाडौं विश्वविद्यालय (केयू) का बीबीए ४ वर्षे भएकाले समकक्षता निर्धारणका लागि यस्तो निर्देशन दिएको हो । मन्त्रालयको निर्देशनअनुसार ४ वर्षे नबनाए ती कलेजका विद्यार्थीले बीबीएको समकक्षता पाउने छैनन् । नेपालका विश्वविद्यालयसित समकक्षता निर्धारणमा समस्या र बेमेल देखिएपछि यस्तो निर्देशन दिनुपरेको मन्त्रालयको उच्च तथा प्राविधिक शिक्षा शाखाका उपसचिव तुलसी थपलियाले बताए । 'हामीले कसैलाई ३ वर्षे कार्यक्रम बन्द गर्न भनेका होइनौं,' उनले भने, 'समकक्षता निर्धारणमा समस्या आएपछि ४ वर्षे बनाउन निर्देशन दिइएको हो ।' नेपालका विश्वविद्यालयसित समकक्ष बनाउन जरुरी भएकाले निर्देशन दिइएको उनले बताए । त्रिवि र केयूका व्यवस्थापन संकायका डिन तथा थपलिया सम्मिलित समितिले तयार गरेको अध्ययन प्रतिवेदनका आधारमा मन्त्रालयले यस्तो निर्णय गरेको हो । मन्त्रालयका अनुसार करिब ८ वटा कलेजलाई औपचारिक रूपमा मन्त्रालयले पत्र काटेर यस्तो निर्देशन दिएको छ । जसमा भारतका विभिन्न विश्वविद्यालयसित सम्बन्धन लिएका कलेज छन् । त्रिविले आफ्नो बीबीए कोर्स ४ वर्षे भएकाले ३ वर्षे कोर्सको समकक्षता त्रिवि बराबर नहुने भन्दै ३ वर्षे बीबीए पढेकालाई बीबीएसको समकक्षता दिने गरेको थियो । नेपालमा बीबीएस ३ वर्षको छ । यस्ता विद्यार्थीलाई एमबीए पढ्न समस्या छ । 'बीबीए पढेकालाई बीबीएसको समकक्षता दिनुभन्दा सम्बन्धित कलेजलाई आफ्नो शैक्षिक वर्ष बढाउन निर्देशन दिइएको हो,' थपलियाले भने । मन्त्रालयको यस निर्णयबाट भारत तथा त्यसबाहेक मुलुकका केही विश्वविद्यालयको सम्बन्धनमा चलेका करिब २ दर्जन कलेज प्रभावित हुनेछन् । बीबीएमा पोस्ट ग्य्राजुयट डिप्लोमा (पीजी) कक्षा चलाएकाहरूलाई भने ४ वर्षेकै मान्यता दिइएको मन्त्रालयले जनाएको छ । यसबारे केही वर्षअघि नै सम्बन्धित कलेजहरूलाई मन्त्रालयले जानकारी गराइसकेको र अहिले औपचारिक पत्राचार गरेर निर्देशन दिएको थपलियाले बताए । उच्चमावि तहपछि ४ वर्षको स्नातक तह पार गरेरमात्रै स्नातकोत्तरमा भर्ना पाउने अन्तर्राष्ट्रिय प्रावधान अनुसरण गरी समितिले बीबीए ४ वर्षे हुनुपर्ने सिफारिस गरेको समितिका सदस्यसमेत रहेका केयूको व्यवस्थापन संकायका डिन सुवास केसीले बताए । '३ वर्षे बीबीए गरेकाले एमबीएमा भर्ना नपाउन सक्छन्,' उनले भने, 'विद्यार्थीलाई समस्या नपरोस् भनेर हामीले समान तहको शिक्षा सबै कलेजमा ४ वर्षको होस् भन्ने चाहेका हौं ।' ३ वर्षे कोर्स पढाए पनि नेपालका विश्वविद्यालयसित समान हुने गरी थप १ वर्षको कक्षा चलाउने व्यवस्था मिलाउन समितिले सिफारिस गरेको उनले जनाए । ३ वर्षे बीबीए सञ्चालन गरिरहेका कलेजले भने मन्त्रालयको कदमप्रति असन्तुष्टि जनाएका छन् । ३ वर्षे कोर्सलाई ४ वर्षे बनाउन सम्बन्धित विश्वविद्यालयले मात्रै सक्छ । मन्त्रालयको निर्देशनबाट नेपालमा रहेका त्यस्ता करिब २ दर्जन कलेज प्रभावित हुने अनुमान छ । कामकाजी र प्रयोगात्मक सिकाइका कारण पछिल्ला केही वर्षदेखि नेपालमा बीबीएको आकर्षण छ । केयूले सबैभन्दा पहिले बीबीए कक्षा सुरु गरेको हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger