Widgets

Home » » होर्डिङ बोर्ड व्यवसायीले घेरे महानगरपालिको कार्यालय

होर्डिङ बोर्ड व्यवसायीले घेरे महानगरपालिको कार्यालय

Written By sangalo on Friday, July 19, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
४ साउन, काठमाण्डौ । होर्डिङ बोर्ड व्यवसायीको साझा संस्था साइनेज एसोसिएसन नेपालले काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालय घेराउ गरेको छ । राष्ट्रिय झन्डा फहराइने विभिन्न स्थानमा महानगरपालिकाले अनधिकृत रुपमा विभिन्न कम्पनीका बोर्ड राख्ने काम गरिरहेकाले त्यसलाई बन्द तथा होर्डिङ बोर्डका विषयमा स्वदेशी उद्योगी तथा व्यवसायीलाई संरक्षण गरिनुपर्ने माग राख्दै एसोसिएसनले शुक्रवार विहान कार्यालय घेराउ गरेको हो । बिहान ९-११ बजेसम्म गरिएको घेराउका समयमा महानगरपालिकाका प्रशासनिक कार्य प्रभावित भएका थिए । एसोसियसन र महानगरपालिकाका प्रतिनिधिको संलग्नतामा गत वर्ष भदौ ८ गते गठित कार्यदलले दिएको सुझाव कार्यान्वयन तथा राज्यले विज्ञापन नीति नियम र मापदण्ड तयार गरिसकेपछि त्यसैका आधारमा महानगरपालिकाले नगरभित्रका बोर्डको व्यवस्थापन गरिनुपर्ने माग एसोसिएसनका अध्यक्ष सूर्यबहादुर कार्कीले गर्नुभयो । महानगरपालिकाले नगरको सौन्दर्य तथा महानगरवासीको सुरक्षालाई ध्यानमा राखेर यही साउन १ गते सूचना प्रकाशन गरी यसै महिनाको मसान्तसम्म महानगरका सम्पूर्ण होर्डिङ बोर्ड हटाउन सम्बन्धित व्यवसायीलाई आग्रह गरेको थियो । रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger