Widgets

Home » » घुस खाएको अभियोगमा मालपोतका ६ कर्मचारी पक्राउ

घुस खाएको अभियोगमा मालपोतका ६ कर्मचारी पक्राउ

Written By sangalo on Friday, July 19, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
निमुसंगम घर्ती ४ साउन, दाङ । जग्गा धनीलाई थाहा नै नदिई किर्ते गरी जग्गा बिक्रि तथा पास गराउने प्रकृयामा घुस लिएको अभियोगमा मालपोत कार्यालय दाङका ६ जनालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।दुई हप्ता अघि नारायणपुरका रेशम चौधरीले घोराहीका शशिधर भण्डारीको सौडियारमा रहेको करिब १ बिगाह र हेकुली ५ का लालु चौधरीको ११ कठ्ठा जग्गा किर्ते गरेर बिझी गरेको जग्गा पास गराउँदा घुस लिएको अभियोगमा अनुसन्धानका लागि मालपोतका अधिकृत भरतचन्द्र अधिकारी, नायव सुब्बा तिलकराम धिताल, नरेशकुमार खड्का, गंगाराम पोख्रेल, खरिदारहरु जग्गुप्रसाद सुबेदी र खरिदार काशिराम वलीलाई नियन्त्रणमा लिएको हो । गैरकानुनी तरिकाले जग्गा किनबेच पछि पास गराउदा कर्मचारीले घुस खाएको चौधरीले प्रहरीलाई बयान दिएपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । शुक्रवार नियन्त्रणमा लिइएका अधिकृत भरतचन्द्र अधिकारीले सो प्रकरणमा १ लाख घुस लिएको चौधरीले बयान दिएका छन् भने सम्बन्धीत गाबिसको मोठ हर्ने फाटमा २० हजार घुस दिएको चौधरीको भनाई छ । घटनाका मुख्य योजनाकार, जग्गा किनबेच र पास गर्ने प्रकृयामा संलग्न लेखापढी कानुन व्यवसायीका व्यक्तिहरु सहित ५ जनालाई यस अघिनै प्रहरीले नियन्त्रणमा लिएर अदालतमा पेश गरी सकेको छ । यता मालपोत कार्यालयले भने उक्त जग्गा किनबेचमा कुनै कर्मचारीको दोष नरहेको बताएको छ । रेशमलाल चौधरीले शशिधर भण्डारीको जग्गा अधिया लगाउदै आएको र रासायनिक मल खरिदका लागि जग्गा धनि भण्डारीको नागरिकता र लालपूर्जा लिएर किर्ते गरी जग्गा किनबेच गरेपछि सो घटनाको रहस्य बाहीर आएको हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger