Widgets

Home » » युवतीवीच सामुहिक भिडन्त : दुई घाइते, सात पक्राउ

युवतीवीच सामुहिक भिडन्त : दुई घाइते, सात पक्राउ

Written By sangalo on Tuesday, July 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
पोखरा । युवकहरुबीच समूहगत भिडन्त बारम्बार हुन्छ । तर, युवतीबिच समूहगत भिडन्त भएको त्यति सुनिँदैन । तर, पोखरामा दुई पक्षीय युवतीहरुबिच भिडन्त भएको छ । त्यो पनि दिन, समय र स्थान समेत तोकेर युवतीहरु आपसमा भिडेका छन् । विगतमा पनि युवकयुवतीवीच सामान्य झडप हुने गर्थे । त्यसमा एक पक्षलाई थाहा नभई अर्को पक्षले आक्रमण गर्ने गर्थे । कुनै पनि पक्षले लड्नका लागि निम्तो दिने गर्दैनथे । तर, हेम्जा याम्दी पुलमा युवतीबिच भएको झडप भने निम्तो दिएरै भयो । सामान्य भनाभनको विषयलाई लिएर थापा र तामाङ दुई समुहको झगडा भएको वडा प्रहरी कार्यालयका बगरका प्रहरी निरीक्षक रोशन खड्काले बताउनुभयो । जसमा संग्लन ७ जना युवतीलाई वडा प्रहरी कार्यालय बगरले पक्राउ गरेको छ । दुई समुह बिच कुटाकुट हँदा भिमाद घर भइ हाल हेम्जा-१ याम्दी बस्ने लक्ष्मी थापा र पोखरा-१ बगरकी प्रिया थापा मगरको टाउकोमा चोट लागेको छ। मगरको फिस्टेलमा र थापाको मणिपाल शिक्षण अस्पतालमा उपचार गरेपछि बगर प्रहरीले नियन्त्रणमा लिएको छ। घटमा संग्लन थापा पक्षकी हेम्जा-१ याम्दी घर भएकी निरु तामाङ र मगर पक्षकी पोखरा-१ मिरुवा घर भएकी भूमिका राणा, हेम्जा-१ की खुश्वु राना मगर, पोखरा १२ शितलादेवीकी रविना गुरुङ्ग, पोखरा-११ फुलबारीकी बन्धना गुरुङलाई बगर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रिया थापा मगरको पक्षले निरू तामाङ्गको पक्षलाई अपशब्द प्रयोग गर्दै गालि गलौच गरेपछि तामाङ्ग पक्षले झगडाको आह्वान गरेको प्रहरकिो भनानइ छ। त्यस पछि तामाङ्गको आह्वानलाई स्वीकादै प्रियासहित ५ जना युवतीको टोली आइतबार साँझ ५:३० बजे हेम्जा याम्दी पुल नजिकै पुगेका थियो । त्यसपछि दुई समूहबिच करिब १५ मिनेट हानाहान भएको एक स्थानीयले बताए । दुई समुह झडप गर्ने उद्देश्यले आए पनि उनीहरूबाट कुनै त्यस्तो धारिलो हातहतियार फेला नपरेको प्रहरी निरीक्षक खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, ‘लड्नको लागि नै तामाङ्गको पक्षले प्रियाको पक्षलाई बोलाएको हो । तर, झडपमा हतियार प्रयोग भएको छैन ।’ दुवै पक्षले ढुङ्गाले हानेको हुनाले दुईजना घाइते भएको प्रहरीको भनाइ छ । घट्नामा संलग्न सातजनालाई थप अनुसन्धानका लागि हामीले नियन्त्रणमा राखेको बताइएको छ । प्रहरीका अनुसार यस अघि त्यस क्षेत्रमा युवतीहरुको झगडाको घट्ना भएको थिएन । गत बर्ष लेखनाथमा भएको युवती विचको झगडाको घटना जिल्ला प्रहरी कार्यालयमा आइपुगेको थियो । तर, कुट्ने युवतीहरु फेला परेका थिएनन् । पछि कुटिएकी युवतीले मुद्दा दर्ता गर्न नमानेको प्रहरीको कथन छ। प्रहरीकोमा मुद्दा दर्ता नभएको त्यो घट्नाले यूटुवमा भने निकै चर्चा पाएको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger