Widgets

Home » , » चीनमा समेत बढ्न थाल्यो नेपाली चेलीको ‘सप्लाइ’ नेपालमै 'रेडलाइट एरिया' खोले के होला ?

चीनमा समेत बढ्न थाल्यो नेपाली चेलीको ‘सप्लाइ’ नेपालमै 'रेडलाइट एरिया' खोले के होला ?

Written By sangalo on Tuesday, July 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
विगतमा नेपाली चेलीहरु मुम्बईका कोठीमा बेचिन्थे । अहिले चेलीबेटी बेचबिखनका नयाँ-नयाँ तरिका देखा पर्न थालेका छन् । चेलिबेटी बेचबिखनविरुद्ध गैरसरकारी संस्थामा कार्यरत सामाजिक कार्यकर्ताको दाबीअनुसार काठमाडौंमा विदेशी पर्यटक बढी चलखेल गर्ने बजार यतिबेला चेलीबेटी बेचबिखनको ट्रान्जिट प्वाइन्ट बनेको छ । ‘चेलीहरुलाई गाउँबाट ल्यायो, तीन महिना राखेर डान्स सिकायो, डान्समा पर्फेक्ट बनायो अनि ३ महिनाको टुरिष्ट भिसामा चाइना पठाउने हो कि दक्षिण अफि्रका पठाउने हो, पठाइन्छ ।काठमाडौंको पर्यटकीय बजार अहिले ट्रान्जिट प्वाइन्ट बनेको छ ।’ शक्ति समूहकी अध्यक्ष सुनिता दनुवार भन्नुहुन्छ, -’ एउटा समूह विदेश जान्छ, अर्को समूह यहाँ तयार हुँदै गर्छ । चाइनाको समूह भिसा सकिएपछि फर्केर काठमाडौं आउँछ र यहाँको नयाँ समूह बाहिर जान्छ ।’ नेपाली चेलीबेटीहरुको अवस्था बुझ्न आफूहरु केही समयअघि चीन भ्रमणमा गएको दनुवारले बताउनुभयो । ‘त्यसक्रममा हामी चीनका रेडलाइट एरिया र रेष्टुराँहरुमा गयौं ।’ उहाँले भन्नुभयो- ‘रेष्टुराँमा वेइटर र डान्सरका रुपमा काम गर्ने नेपाली चेलीहरुलाई शोषण गर्ने पुरुषहरु पनि नेपाली नै रहेछन् ।’ नेपाल र चीनको सीमाना क्षेत्रमा रहेका नेपाली व्यापारी, सीमा प्रहरी र ड्राइभरसम्मले त्यस्ता नेपाली चेलीहरुको यौन शोषण गर्ने नरेको दनुवारले अनलाइनखबरलाई बताउनुभयो । ‘दुबै पक्ष नेपाली, ठाउँमात्रै विदेशी भूमि । सबै केटीहरु १८ वर्षभन्दा कम उमेरका छन् । उहाँले भन्नुभयो, ‘उनीहरुलाई कुनै इच्छा छैन तर, आफ्नै देशका ग्राहकहरुले जबरजस्ती तान्ने गरेको देख्दा एकदमै दुःख लाग्यो ।’ नेपालमै ‘रेडलाइट एरिया’ खोले के होला ? नेपालमा भित्रीरुपमा बढ्दो यौन व्यवसायलाई नियन्त्रण गर्न रेडलाइट एरिया तोकिनु पर्ने र यौन व्यवसायलाई कानून बनाएर बैधानिकता दिनुपर्ने माग पनि फाट्टफुट्ट हुन थालेको छ । यस विषयमा महिला बेचबिखनविरुद्ध संघर्षरत सामाजिक कार्यकर्ताको हिसाबले तपाईको धारणा के छ भन्ने जिज्ञासामा शक्ति समूहकी अध्यक्ष दनुवारले अनलाइनखबरसँग यस्तो प्रतिक्रिया दिनुभयो- ‘हाम्रो जस्तो समाजमा यो कुरा अलि नपच्ला । त्यस्तो एरियामा आउने भनेको १८ वर्षभन्दा मुनिका बच्चीहरु हुन् । भोलि त्यो ठाउँमा मेरै बच्चा पनि पुग्न सक्छ, अरुको बच्चा पनि पुग्न सक्छ । मलाई धेरै पत्रकारहरुले यो विषयमा सोधिसक्नुभएको छ । तर, म यस्तो हुनुपर्छ भन्नेमा पनि छैन र हुनु हुँदैन भन्नेमा पनि छैन । म यस विषयमा तटस्थ छु । भोलि त्यस्तो भयो भने त्यहाँ हाम्रा आफ्नै चेलीहरु जाने हुन् । जुन पीडा म आफूले भोगिसकेकी छु, मेरोजस्तै पीडा अरुले पनि भोगोस् भनेर म कसरी भनौं ? मपछिको पिँढीले पनि यस्तै समस्या भोगोस् भन्न म चाहदिँन । म त यो समस्याबाट हाम्रा चेलीहरुलाई कसरी जोगाउने भन्नेतिर लागेकी छु । कल्चरको हिसाबले हेर्ने हो भने हाम्रो देशमा त्यति धेरै आधुनिकता पनि आइसकेको छैन कि हाम्रो देशमा छुट्टै रेडलाइट एरिया बनाएर त्यहाँबाट पैसा कमाऔं ।’

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger