Widgets

Home » » एमाओवादीले पुनः हेडक्वार्टर बनाउने पद त्याग गरेका भट्टराई पनि हेडक्वार्टर

एमाओवादीले पुनः हेडक्वार्टर बनाउने पद त्याग गरेका भट्टराई पनि हेडक्वार्टर

Written By sangalo on Monday, July 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

prachanda

काठमाडौं, श्रावण १५ - अध्यक्ष पुष्पकमल दाहालबाहेक सबै नेतालाई केन्द्रीय सदस्यमा घटुवा गरेको एमाओवादीले फेरि 'हेडक्वार्टर' बनाउने भएको छ । गत साता ललितपुरमा भएको विस्तारित बैठकले हेडक्वार्टरका रूपमा रहेको केन्द्रीय पदाधिकारीलाई विघटन गरेको थियो । त्यसपछि दाहाल मात्र हेडक्वार्टर रहने प्रावधान सच्याएर अरू वरिष्ठ नेतालाई समेट्न लागिएको हो । 'हेडक्वार्टर बनाउने विषयमा गृहकार्य भइरहेको छ,' नेता नारायणकाजी श्रेष्ठले भने, 'अध्यक्षलाई त्यसको जिम्मेवारी दिइएको छ । छिट्टै बन्छ होला ।' हेडक्वार्टरमा पद त्याग गरेका नेता बाबुराम भट्टराई पनि रहने छन् । हेडक्वार्टरले पार्टीका महत्त्वपूर्ण निर्णयका लागि आवश्यक गृहकार्यका साथै तुरुन्तै निर्णय लिनुपर्ने अवस्थामा काम गर्छ । यो पार्टीको सबभन्दा शक्तिशाली निकाय हो । सशस्त्र युद्धका बेला हेडक्वार्टर दाहालमा केन्दि्रत थियो । पछिल्लो समय दाहाल, नेताहरू भट्टराई, श्रेष्ठ र महासचिब पोस्टबहादुर बोगटी रहेको हेडक्वार्टर (केन्द्रीय पदाधिकारी) बनाएको थियो । असार दोस्रो साता भट्टराईले उपाध्यक्ष पद त्याग गरेपछि साउन पहिलो साता विस्तारित बैठक बोलाइएको थियो । त्यो बैठकमा दाहालले आफूबाहेक सबै नेता केन्द्रीय सदस्य रहने प्रस्ताव राखेपछि पारित भएको थियो । भट्टराईले वरिष्ठ नेता बस्न नमानेपछि सबै नेतालाई केन्द्रीय सदस्य बनाएर विवाद मिलाइएको थियो । विस्तारित बैठकले भट्टराईको त्यागपत्र समय सान्दर्भिक नभएको भन्दै अस्वीकार गरेको थियो । उपाध्यक्ष श्रेष्ठ र महासचिव बोगटीले पनि राजीनामा दिएका थिए । हेटौंडा महाधिवेशनले चयन गरेको पदाधिकारी विस्तारित बैठकले विघटन गरेको भन्दै आलोचना भएपछि नेताहरू समेटेर हेडक्वार्टर बनाउन लागिएको हो । 'विस्तारित बैठकमा अध्यक्षको नेतृत्वमा एकल नेतृत्व हुनेछ भन्ने प्रस्ताव भएको थियो, त्यसबारे कुरा उठेपछि सच्याइएको हो,' एक नेताले भने, 'सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्ति दिन हेडक्वार्टर बनाउन लागिएको हो ।' गत साता भट्टराईले दाहालको प्रस्तावमा एकल नेतृत्व भन्ने शब्द परे पनि सच्याएर सामूहिक नेतृत्वमै पार्टी चल्ने बताएका थिए । दाहालले नेता कृष्णबहादुर महरालाई हेडक्वार्टरमा ल्याउने तयारी गरेको स्रोतले जनाएको छ । उनले यसअघि पनि उनलाई महासचिव बनाउने तयारी गरे पनि विवादका कारण हुन सकेको थिएन ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger