भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं, श्रावण १५ - फोन गरेर चन्दा माग्दा नदिएपछि एउटा नामै नसुनेको संगठनले राजधानीमा विस्फोट गराएको छ । बल्खुमा मोटरसाइकलका सामान बिक्री गर्ने नवराज भुसालको घरअघि रक्सीको बोतलभित्र विस्फोटक पदार्थ राखेर आइतबार राति विस्फोट गराइएको हो । विस्फोटबाट मानवीय क्षति नभएको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुवोध घिमिरेले बताए । उनका अनुसार विस्फोट भएको पदार्थ बम होइन । बम बन्नका लागि विष्फोटक पदार्थ, डेटोनेर र पावर चाहिन्छ । त्यसमा पावरमात्र थियो । प्रहरीका अनुसार विस्फोट गराउनु एक साताअघि भुसाललाई माओवादी कम्युनिस्ट पार्टीका नाममा फोन र पत्र आएको थियो । फोन गर्ने व्यक्तिले उनलाई आर्थिकलगायत कुरा सघाउनुपर्ने बताएका थिए । एमाओवादीमा अध्यक्ष दाहाल निकटका भुसालले आफू माओवादी भएकाले कुनै प्रकारका सहयोग नदिने जवाफ दिएका थिए । त्यसलगत्तै उनको घरमा आर्थिक सहयोग माग्दै सोही पार्टीको नाममा पत्र आएको थियो । पत्रमा आर्थिक सहयोगको रकम उल्लेख छैन । विस्फोट गराउने समूहका सदस्यहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.