Widgets

Home » » आइएनजीओसँग मिलेर कमाउने नीलकण्ठ उप्रेतीको बेग्लै धन्दा

आइएनजीओसँग मिलेर कमाउने नीलकण्ठ उप्रेतीको बेग्लै धन्दा

Written By sangalo on Monday, July 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१५ साउन, काठमाण्डौं । २०६४ को निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको पुरस्कार स्वरुप निर्वाचन आयोगको आयुक्तबाट प्रमुख आयुक्तमा बढुवा पाएका नीलकण्ठ उप्रेती शंकास्पद विदेशी आईएनजीओसँग मिलेर कमाउ धन्दामा लागेका छन् । उनको नेतृत्वमा समयमै संविधानसभाको निर्वाचन सम्भव हुन्छ कि हुँदैन भन्ने एकीन छैन् । तर, निर्वाचन पर्यवेक्षकको नाममा उनकै एनजीओले करोडौंको बजेट विदेशी संस्थाबाट लिएको छ ।
nilkanthaराज्यको संवैधानिक पदमा बसेर आफै निर्वाचन हाँक्ने जिम्मेवारी लिने र अर्कोतिर आफैं संस्थापक रहेको कम्पनी लिमिटेड शैलीको एनजीओको नाममा विदेशी सहायता लिएर पर्यवेक्षकको काम लिएका छन् । आफू निर्वाचन प्रमुख भएपछि बाहिर देखाउनका लागि नोवलकिशोर राईलाई अघि सारेका छन् भने भित्री रुपमा सम्पूर्ण चाँजोपाँजोमा आफै खट्ने गरेको एमाले निकट मानिने दृष्टि साप्ताहिकमा खबर छ ।
विगत लामो समयदेखि नेपालको राजनीतिक विकासक्रममा सन्दिग्ध प्रकारले संलग्न हुँदै आएको अमेरिकी आईएनजीओ नेसनल डेमोक्रेटिक इन्स्िटच्युटद्धारा सुरुमा उप्रेतीको निजी एनजीओ डेमोक्रेसी एन्ड इलेक्सन सपोर्ट नेपाललाई पर्यवेक्षणसम्बन्धी प्रोजेक्ट दिन ठीक्क पारिएको थियो । अमेरिकाले नै खोल्न लगाएको उक्त एनजीओलाई मात्र दिँदा विवाद आउने भन्दै विभिन्न मिडिया सम्बद्ध संस्थाहरुलाई सहभागी गराएर लोकतन्त्र तथा निर्वाचन पर्यवेक्षण तयार गरिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger