Widgets

Home » » मस्र्याङदीमा मात्रै दर्जन परियोजना, १ हजार ६० मेगावाट विजुली निस्कदै

मस्र्याङदीमा मात्रै दर्जन परियोजना, १ हजार ६० मेगावाट विजुली निस्कदै

Written By sangalo on Monday, July 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१५ साउन, काठमाण्डौं । मस्र्याङ्दी नदीमा झण्डै एक दर्जन जलविद्युत परियोजना निर्माणाधीन अवस्थामा छन् । हिमाली जिल्ला मनाङका दुई नदी खांसार र जारसांङ खोलाको दोभानबाट सुरु भएको यो हिमनदीको तीब्र बहावको पानी विद्युत उत्पादनका लागि उपयुक्त भएकाले पानीमा आधारित एक दर्जन परियोजना विभिन्न चरणमा निर्माणाधीन छन् । विद्युत विकास विभागले यो नदीमा विद्युत उत्पादनकै लागि भनेर अहिले पनि विभिन्न आठ परियोजनालाई समभाव्यता अध्ययन उत्पादन अनुमति प्रदान गरिसकेको छ । मनाङ जिल्लाबाट दक्षिणतर्फ सीमा जोडिएको जिल्ला लमजुङ हुँदै बग्ने यो नदी बेसिनमै नेपालकै दुई ठूला परियोजना सञ्चालनमा आइसकेका छन् । मस्र्याङदी नदीको अनुमानित लम्बाई एक सय ५० किलोमिटर छ । यही नदीमा ७० मेगावाट क्षमताको मध्य मस्र्याङ्दी र ६९ मेगावाटको मस्र्याङदी जलविद्युत परियोजनाले लामो समयदेखि एक सय ३९ मेगावाट उत्पादन गरिरहेका छन् । यी परियोजनाहरु लमजुङ र तनहुँ जिल्लामा पर्ने नदी बेसिनमा विद्युतगृह निर्माण गरी सञ्चालन गरिएका छन् । पछिल्लो समय यो नदीको बेसिन ‘मस्र्याङ्दी करिडोर’ को नामले प्रवर्द्धकमाझ परिचित छ । विद्युत विकास विभागले मस्र्याङ्दी नदीमै निर्माण र सञ्चालन गर्नेगरी करिब ५ परियोजनालाई स्विकृति दिइसकेको छ । प्रस्तावित र निर्माणाधीनमा ५० मेगावाट क्षमताका मध्यमदेखि ६ सय मेगावाटसम्मका ठूला परियोजना छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger