Widgets

Home » » काठमाण्डौंका घर घरमै मिनी क्यासिनो

काठमाण्डौंका घर घरमै मिनी क्यासिनो

Written By sangalo on Monday, July 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१५ साउन, काठमाण्डौं । क्यासिनो प्रवेशमा प्रहरीले कडाइ गरेपछि राजधानीका टोलटोलमा क्यासिनो शैलीमा जुवा खेल्ने अखडाहरु फस्टाउन थालेका छन् । क्यासिनोमा जस्तै सुविधासम्पन्न घर नै भाडामा लिएर ‘मिनी क्यासिनो’ चलाउने क्रम बढेको प्रहरीको दाबी छ । पछिल्ला दिनमा प्रहरीले छापा हानेका दुई घर मिनी क्यासिनोकै शैलीमा सञ्चालित थिए । महानगरीय प्रहरी परिसर काठमाण्डौंले ३० असारमा समाखुसीमा तथा ३ साउनमा चन्डोलमा छापा हानी क्यासिनोकै शैलीमा सञ्चालन हुँदै आएका जुवाघरहरुबाट जुवाडेहरुलाई पक्राउ गरेको थियो । ती ठाउँमा बारसहितको सुविधा रहेको प्रहरी अधिकारी बताउँछन् । क्यासिनोकै शैलीमा राजधानीमा धेरै जुवाघर सञ्चालनमा रहेको सूचना प्राप्त भएको र त्यसमाथि अनुसन्धान भइरहेको काठमाण्डौं प्रहरी प्रमुख एसएसपी सुबोध घिमिरेले बताएको नयाँ पत्रिकामा खबर छ । घिमिरेले भने ‘जुवाका धेरै अखडामाथि अनुसन्धान गरिरहेका छौं ।’ सामाखुसीमा सञ्चालित जुवाघरबाट त चर्चित लोकगायिका सिर्जना बिरही थापा पक्राउ परेकी थिइन् । सो अखडामा क्यासिनोमा जस्तौ पैसाको सट्टा क्वाइनहरु नै प्रयोग हुने गरेको खुलेको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger