भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
कपिलवस्तु, असार २० - घरायसी झगडामा कुटपिट हुँदा एक महिलाको गर्भ तुहिएको छ । जग्गाको विषयलाई लिएर विवाद बढ्दै जाँदा छिमेकीको कुटाइबाट पकडी गाविस ३ बरोर्हियाकी २८ वर्षीया विन्द्रवती बनियाँको गर्भ खेर गएको हो । छिमेकी अब्बास अली मुसलमानका छोराहरूले बनियाँ परिवारमाथि कुटपिट गरेका थिए । मुसलमानको जग्गामा राजेन्द्र बनियाँले टेन्टका सामान राखेको निहुँमा झगडा भएको थियो । मुसलमानका छोराहरू अहमद र इस्लाम आएर श्रीमान्माथि एक्कासि जाइलागेपछि छुटाउन गएकी विन्द्रावतीलाई पनि कुटपिट हुँदा २ महिनाको गर्भ तुहिएको जिल्ला प्रहरीले जनाएको छ । 'एउटा छोरा आएर मेरो घाँटी समाती लछारपछार गर्दै कुटेपछि म बेहोस भएर ढलेछु,' उनले भनिन्, 'पछि रगत बग्न थालेपछि सबै डराएर भागेछन् । बेहोस उनलाई श्रीमान्ले एम्बुलेन्समा राखेर उपचारार्थ भैरहवा लगेपछि झगडा शान्त भएको थियो । भैरहवास्थित युनिभर्सल मेडिकल कलेजले दुई महिनाको गर्भ तुहिएको मेडिकल रिपोर्ट दिए पनि श्रीमान्ले ४ महिनाको गर्भ तुहिएको बताए । उनले श्रीमती गर्भवती भएको मिति आफूलाई राम्ररी थाहा भएको भन्दै दोषीलाई कडा कारबाही माग गरेका छन् । पीडित महिलाको तौलिहवास्थित अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य भए पनि राम्ररी बोल्न सक्दिनन् । शरीर सुन्निएको श्रीमान् राजेन्द्रले बताए । तौलिहवा अस्पतालले घरमा गएर आराम गर्न भनी डिस्चार्ज गरे पनि थप उपचारका लागि बुटवल वा भैरहवा लैजाने बताए । यससम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी प्रमुख राजेन्द्र ढकालले बताए । आरोपी दुई छोरामध्ये अहमदलाई प्रहरीले पक्राउ गरेको छ । कुटपिटमा संलग्न अर्का इस्लाम र छिमेकी आलम मसुलमान फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.