Widgets

Home » » आँखा फुटाउने शिक्षिका र विद्यालयविरुद्ध उजुरी

आँखा फुटाउने शिक्षिका र विद्यालयविरुद्ध उजुरी

Written By sangalo on Thursday, July 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

ajay

नेपालगन्ज, असार २० - शिक्षिकाको पिटाइले आँखाको ज्योति गुमाएका बाँके हिरमिनियाका ८ वर्षीय बालक अजय धोबीका परिवारलाई विद्यालयले ६० हजार रुपैयाँ लिएर मिलापत्र गर्न आग्रह गरेको छ । अजयका बुवा मैकुलालले बुधबार हिरमिनियास्थित इलाका प्रहरीमा विद्यालय र शिक्षिकाविरुद्ध उजुरी दिएपछि सञ्चालकले मिलापत्रको प्रस्ताव ल्याएका हुन् । 'उजुरी दर्ता गर्न प्रहरीमा गएको थिएँ । त्यहीँ ५०/६० हजार लिएर मिलापत्र गर्न भने,' मैकुलालले कान्तिपुरसित भने, 'मैले छोराको आँखा सन्चो नहुँदासम्म केही नगर्ने भनिदिएँ ।' नानी प्रत्यारोपणसम्मको औषधि उपचार बेहोर्ने बताउँदै आएको विद्यालय प्रशासनले एकाएक मिलापत्र प्रस्ताव राखेको हो । यसबारे बुझ्न खोज्दा विद्यालय सञ्चालक कोही पनि सम्पर्कमा आउन चाहेनन् । यसैबीच बाँके प्रहरी प्रमुख प्रेम बस्नेतले इलाका प्रहरीलाई कुनै हालतमा मिलापत्र गराउन नहुने निर्देशन दिएका छन् । गम्भीर प्रकृतिको घटनामा मिलापत्र हुनै सक्दैन, बस्नेतले भने, यसलाई कानुनी बाटोबाटै निकास दिनुपर्छ । मैकुलालले उजुरीमा छोराको घाउ जाँच गराउन, आँखामा क्षति पुग्ने गरी पिट्ने शिक्षिकालाई हदैसम्मको कारबाही र विद्यालयले औषधोपचारको सम्पूर्ण खर्च तथा क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । हिरमिनिया १ मा यसै वर्ष खुलेको भेरी जोन इंग्लिस बोर्डिङ स्कुलकी शिक्षिका आराधना रानाले असार ९ गते 'होमवर्क' नगरेको भन्दै किताबले मुखमा हान्दा बालकको बायाँ आँखाको नानी च्यातिएको थियो । त्यसको भोलिपल्टै नेपालगन्जस्थित फत्तेबाला आँखा अस्पतालमा शल्यक्रिया गरे पनि बालकले आँखा देख्न सकेका छैनन् । 'अब कहिल्यै देख्न सक्दिन भनेर चिन्तित छ । रोएर बस्छ । त्यस्तो बोल्ने, खेल्ने बच्चा चुपचाप कोठामा मात्र बस्छ,' मैकुलालले भने, दिउँसो पनि झ्यालढोका बन्द गरेर बस्छ । चिकित्सकले काठमाडौंस्थित तिलगंगा आँखा अस्पताल लगेर नानी प्रत्यारोपण गर्न सुझाव दिएका छन् । 'नानी च्यातिएकाले बालकले दृष्टि गुमाएका हुन्,' फत्तेबाला वरिष्ठ चिकित्सक वासु अधिकारीले भने, 'नानी प्रत्यारोपण गर्नुको विकल्प छैन ।' बाँकेमा कार्यरत विभिन्न १२ संघसंस्थाले बुधबार विज्ञप्ति जारी गर्दै घटनामा संलग्न शिक्षिका र विद्यालय प्रशासनलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । ती संघसंस्थाले पीडितलाई तत्काल स्वास्थ्य उपचार, उचित क्षतिपूर्ति दिलाउन साथै भविष्यमा यस्ता घटना घट्न नदिन जिल्ला शिक्षा कार्यालयसित आग्रह गरेका छन् । बालकलाई काठमाडौं लगिने शिक्षिकाको पिटाइबाट आँखाको नानी गुमाएका अजय धोबीलाई नानी प्रत्यारोपणका लागि बिहीबार काठमाडौं लगिने भएको छ । मानव अधिकारका क्षेत्रका क्रियाशील विभिन्न संघसंस्थाको पहलमा उनलाई काठमाडौंस्थित तिलगंगा आँखा अस्पताल लैजान लागिएको हो । उनलाई उपचारका लागि पठाउन बुधबार संघसंस्थाले ३५ हजार सहयोग संकलन गरेका छन्

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger