Widgets

Home » » रेड फेसनको क्रेज

रेड फेसनको क्रेज

Written By sangalo on Thursday, July 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

rekha

उखानै छ- 'रातो राम्रो गुलियो मिठो' । तन्नेरीहरूलाई यो उखानको अर्थ थाहा होला या नहोला, तर फेसन भने रातोकै आएको छ । पछिल्लोपटक रातो फेसनमा चिटिक्क सजिएर हिँड्नेहरूको भीड बाग्लिँदै छ । हरेक पार्टी, फेसन शो या क्याजुल लुक्स् । अधिकाशंको रोजाइ बनेको छ- रातै रंग । जस्तो कि बानेश्वरकी सिर्जना श्रेष्ठ । उनको वेस्ट रंग खासमा कालो हो । तर, अहिले कालोबाट रातोमा मन ढल्किन थालेको छ उनको । रातो टिर्सटको स्यान्डोमा कालो आउटर लगाएकी उनले सोमबार पशुपति प्लाजामा सपिङ गर्दा रातै लेगिंस छानिन् । काली-काली हिस्सी परेकी उनले कालोबाट रातोमा मन लगाउनुको कारण बढ्दो फेसन क्रेजलाई बताइन् । 'सबैले रातै लगाउन थालेपछि कालोभन्दा रातै मन पर्न थाल्यो,' उनले भनिन्, 'पहिला पहिला रातो लगाउन लाज लाग्थ्यो अहिले राम्रो लाग्छ ।' उनले लाज मान्नुको कारणचाहिँ रातोलाई धेरैले 'बेहुली कलर'को रूपमा बुझ्नु हो । तर अब यो परम्परा बदलिएको छ । लेगिंस, टिर्सट, सर्ट, आउटर, पाइन्ट, स्कर्टदेखि गाउनसम्म रातै रंगमा सजिन मन पराउनेको संख्या बढ्दै छ । फेसनको दुनियाँमा रातो रंगले बढी नै महत्त्व पाउन थालेको डिजाइनरहरू पनि स्वीकार्छन् । 'अन्तर्राष्ट्रिय फेसन जगत्मा रातोले नै तहल्का मच्चाइरहेको छ, काला होस् या गोरा' फेसन डिजाइनर निशा श्रेष्ठले भनिन्, 'रातो रंगले अनुहारलाई उज्यालो बनाउने हुँदा सबैलाई उत्तिकै सुहाउने पनि हुन्छ ।' पछिल्ला केही वर्षयता युवतीमा मात्रै होइन युवामा पनि रातो परिहन लगाउने क्रेज बढ्न थालेको अनुभव छ उनको । 'केटाहरूसमेत रातै सर्ट लगाउन मन पराउँछन्,' उनले भनिन् 'कमनजस्तै भएको छ, रेड कलर अहिले ।' उनले अन्तर्राष्ट्रिय फेसन संसारमा रेड गाउनको निकै प्रचलन रहेको बताइन् । 'रेड हट' भनेर प्रशंसा गर्ने पनि गरिन्छ,' उनले भनिन् । महाराजगन्जमा फेसन कलेक्सन चलाउँदै आएकी उनले रातोलाई 'सदावहार' रंगको रूपमा पनि लिइन् । उनका अनुसार जस्तो डिजाइनको ड्रेसमा पनि रातोलाई मिलाएर प्रस्तुत गर्न सकिने हुँदा यसलाई 'रंगहरूको राजा' पनि भनिन्छ । 'कन्ट्रास् गर्दा रातो कलर जहाँ पनि फिट हुन्छ,' उनले भनिन्, 'अहिलेको माग पनि यसैको छ ।' उनले पछिल्लोपटक परिहनसँग म्याच गराउन स्यान्डलदेखि हेन्ड ब्यागसम्म रातो रंगकै सामग्रीको माग बढेको दाबी पनि गरिन् । 'अर्डर दिनेहरू पनि रातो रंगकै पहिरन खोज्छन्,' उनले भनिन्, 'खास गरी पार्टीवेयरमा यसको बढी आकर्षण बढ्न थालेको हो ।' बोल्ड, ग्ल्यामर्स, उज्यालो र फेसनेवल लुक्स रातोले दिने हुँदा यसको माग बढ्न थालेको फेसन डिजाइनरहरूको तर्क छ । नायिका रेखा थापा पनि रेड कलरलाई रंगहरूको राजा मान्छिन् । प्रायः रेड कलरकै ड्रेसमा देखिने उनी रेडलाई 'लभ र हट' कलर मान्छिन् । 'हाम्रो संस्कृतिमा पनि रातोको विशेष अर्थ छ नि,' हाल 'काली' फिल्मको सुटिङमा व्यस्त रहेकी उनले भनिन्, 'रातो टीका, होली, बेहुली पहिरन, चुरा, पोते यी सबैले खास अर्थ राख्छन्, फेरि यो प्रेम र सद्भावको रंग पनि हो ।' रातो रंग आफ्नै लागि बनेको दाबी गर्दै उनले 'ज्योतिषीले पनि रातो कलर फाप्ने सल्लाह दिएको' बताइन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger