भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
क्यानाडेली पंकी पप/रक गायिका एभ्रिल लाभिग्नेको नाम सुन्नेबित्तिकै तपाईंलाई के याद आउँछ ? पक्कै पनि गाजलले छोपिएका काला आँखा भएकी गोरी, हँसिली र कैलो कपाल भएकी सुन्दरीको तस्बिर सल्बलाउन थाल्छ होला । १५ वर्षको उमेरमै स्टेज उक्लिसकेकी एभ्रिल गायनसँगै सुन्दरताका कारण पनि टिनएजर्स पुस्तामा बढी चर्चित छिन् । तर फ्यानहरूका लागि चित्त दुखाइ होला, उनले गत सोमबार राति आफ्नै उमेरका २८ वर्षिय रक गायक चाद क्रोएगरसँग बिहे गरेकी छन् । यो उनको दोस्रो बिहे हो । यसअघि २२ वर्षकै उमेरमा 'सम ब्यान्ड' का गिटारिस्ट डेरिक हि्वब्लेसँग बिहे गरे पनि त्यो सम्बन्ध चार वर्षभन्दा बढी टिक्न सकेन । आफ्नै ब्यान्ड सदस्यसमेत रहेका डेरिकसँग उनले १९ वर्ष छँदै डेटिङ थालेकी थिइन् । रक गायक चाद पनि 'निकलब्याक' ब्यान्डका भोकलिस्ट हुन् । डेटिङ थालेको ठीक एक वर्षपछि एभ्रिलले ३८ वर्षीय चादसँग लगनगाँठो कसेकी हुन् । पहिलो बिहे भव्य गरेकी एभ्रिलले दोस्रो भने फ्रान्समा सुटुक्क गरेकाले ढिलो गरी खबर आएको हो । पहिलो एल्बम 'लेट गो' नै अत्यधिक बिक्री भएपछि रातारात हिट बनेकी एभि्रलले अहिलेसम्म चार एल्बम बजारमा ल्याइसकेकी छन् । उनका सबै एल्बमका गीतले चार्ट बस्टर्समा एक नम्बरमा जम्ने हैसियत राखेका थिए
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.