Widgets

Home » » सेनामा भावी प्रधानसेनापतिको खेल सुरु

सेनामा भावी प्रधानसेनापतिको खेल सुरु

Written By sangalo on Thursday, July 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Nepal Army

काठमाडौ, असार २० - उमेरका हिसाबले नेपाली सेनाका रथी नेपालभूषण चन्दको अवकाश आउँदो ६ माघमा हुनुपर्ने हो। सैनिक ऐन, २०६३ मा रथीको दुईवर्षे अवधि सकिएपछि अर्को एक वर्ष म्याद थप्न सकिने प्रावधान छ। त्यस अनुसार रथीको उमेर हद ५८ वर्ष भएकाले म्याद थपिएको अवस्थामा चन्दले थप ६ महिना ८ दिन जागिर खान पाउँथे। तर, रथी चन्दको दुईवर्षे अवधि २८ असारमा सकिन दुई साता बाँकी छँदै सेनापति गौरवशमशेर राणाले उनलाई अवकाशपत्र थमाएका छन्। चन्दको अवकाशपत्रले सेनामा दुईथरी धारणा उब्जाएको छ। एउटा, चन्द भावी सेनापति हुने लाइनमा नभएकाले उनलाई ६ महिनाका लागि मात्र किन म्याद थप्नू ? अर्को धारणा छ, अवधि थप्ने विषय नीतिगत हो, सेनापतिको वैयक्तिक होइन। हुन पनि यसअघि नेपाली सेनाको रथी पदमा पुगेका अधिकांशले उमेर हदका कारण अवकाश पाएका दृष्टान्त छन्। कृष्णनरसिंह थापा, बालानन्द शर्मा भने त्यस्ता अपवाद हुन्, जसको दुईवर्षे कार्यकाल पूरा भएपछि पनि बाँकी उमेर रहेकाले म्याद थपियो। चन्दको अवकाश प्रकरणचाहिँ गोविन्द गुरुङ र प्रदीपप्रताप बम मल्लको घटनासँग मिल्दोजुल्दो छ। विसं ०६२/६३ मा गुरुङ र मल्ल दुवैको उमेरले सेवा अवधि बाँकी हुँदाहुँदै पनि म्याद थप गरिएन। मल्लले त आफू अन्यायमा परेको भनी सर्वोच्च अदालतबाट मुद्दा जितेर आउँदा पनि पदबहाली भएन।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger