Widgets

Home » » एक किलो सुनको तस्करीमा अढाइ लाख कमाइ

एक किलो सुनको तस्करीमा अढाइ लाख कमाइ

Written By sangalo on Tuesday, July 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

gold

काठमाडौं, श्रावण १६ - तोलामा करिब ३ हजार रुपैयाँ नाफा हुने भएपछि सुनको तस्करी ह्वात्तै बढेको छ । चर्को भन्सार महसुलको कारण अवैध पैठारीमा बढी मुनाफा भएकाले सुन तस्करी बढेको व्यवसायी बताउँछन् । भारतको दिल्लीमा मंगलबार सुनको मूल्य यहाँभन्दा तोलामा ६ सय रुपैयाँ बढी छ । व्यवसायीका अनुसार यहाँ भन्सार महसुल बढाउनअघि मूल्य अन्तर १ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । यसबाहेक सुन बिक्रीबाट पाइने भारतीय रुपैयाँ (भारु) कालोबजारमा बढी दरमा बेच्ने हुदा थप कमाइ हुन्छ । थोकमा सटही गर्दा पनि १ सय भारु १ सय ६३ रुपैयाँसम्ममा बिक्छ । बैंककै सुन भारतीय बजार पुर्‍याउँदा पनि व्यवसायीलाई राम्रै मुनाफा छ । तैपनि थप फाइदाका लागि तस्करले चोरी पैठारीमा जोड गरिरहेको व्यवसायीले बताए । चालू आर्थिक वर्षको बजेटमार्फत भन्सार महसुल बढाइएपछि सुनमा प्रतितोला भन्सार महसुल ४ हजार २ सय रुपैयाँ पुगेको छ । व्यवसायीले प्रतिएक हजारमा अमेरिकी डलर विनिमय दरभन्दा २ हजार रुपैयाँ बढी तिर्दा हुन्डीमार्फत सुनका लागि पैसा पठाउन सक्छन् । प्रतितोलामा १ हजार रुपैयाँ क्यारिङबापत तिर्नपर्छ । तैपनि बैंकको सुनभन्दा १ हजार २ सय रुपैयाँमा काठमाडौंसम्म सुन ल्याउन सकिने भएकाले सुनको सबै नाका खुला भएको व्यवसायीको दाबी छ । भारतीय बजारसम्म पुर्‍याउँदा व्यवसायीले प्रतितोला कम्तीमा ३ हजार रुपैयाँ नाफा निकालिरहेका छन् । व्यवसायीका अनुसार सुनको तस्करीमा यस्तो मुनाफा बिरलै पाइन्छ । 'दुवैतिर समान मोल हुँदा पनि भारुको कालोबजारीबाट नाफा हुने भएकाले सुनको तस्करी हुन्थ्यो,' एक व्यवसायीले भने, 'अहिले त तोलामै यतिका नाफा छ ।' बढी मुनाफाकै लोभमा तस्करी गर्न चीनको खासाबाट ल्याइँदै गरेको ३५ किलो सुन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले असार २६ गते बरामद गरेको थियो । व्यवसायी मोहन अग्रवाल र घ्याम्जो लामाले उक्त सुन ल्याएका थिए । राजस्व अनुसन्धान विभागले मागेको १६ करोड रुपैयाँ धरौटी बुझाउन नसकेपछि व्यवसायीद्वयका साथै कन्टेनर धनी ओमबहादुर बज्राचार्य र चालक निमा छिरिङ थुनामा छन् । उक्त सुन बरामद भएको अघिल्लो दिन हङकङबाट फर्किरहेका वायु सेवा निगमका वरिष्ठ सहायक पदका सुदर्शन डल्लाकोटी र तेजबहादुर थापाबाट २ किलो ३ सय ग्राम सुन बरामद भएको थियो । तिनले रिमोटबाट चल्ने खेलौना गाडीको पांग्रामा लुकाइएको ६२ टुक्रा सुन बरामद भएको थियो । सुन तस्करीमा बरामद सुन जफत हुनुका साथै त्यसको मूल्य बराबर जरिवाना हुन्छ । कैद सजाय पनि हुने प्रावधान छ । सुनको आयात पनि तस्करीबाटै भइरहेकाले भारततिर ठूलो परिमाणमा सुन तस्करी भइरहेको बेला पनि बैंकले आयात गरेको सुनको माग भने घटेको छ । 'भारतमा सुनको तस्करी बेपत्तासँग बढेको, स्थानीय बजारमा अभाव भएको सुनिन्छ,' नेपाल इन्भेस्टमेन्ट बैंकका एक अधिकारीले भने, 'हामीले ल्याएको सुन समयमा बिक्री भएको छैन ।' ती अधिकारीका अनुसार सुनका लागि व्यवसायीसम्बद्ध संस्थाले खरिदकर्ताको सूची पठाए पनि किन्न समयमा आएका छैनन् । सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष्ा तेजरत्न शाक्य बैंकले बढी कमिसन लिन थालेकाले व्यवसायीले सुन उठाउन आनाकानी गरेको बताए । राष्ट्र बैंकको निर्देशिकाअनुसार बैंकले कुल लागतमा ० दशमलव ५ प्रतिशत कमिसन लिन पाउँछन् । तर त्योभन्दा बढी कमिसन मागेको उनको आरोप छ । 'बजारमा सुन पर्याप्त नभएको अवस्थामा बैंकमा सुन बाँकी रहने कुरै हुँदैन,' उनले भने, 'तर महँगो पर्ने देखिएकाले व्यवसायी पर्ख र हेरको अवस्थामा पुगेका हुन् ।' व्यवसायीको दबाबमा राष्ट्र बैंकले गत जेठ-असारमा सुन आयातको कोटा ५ किलो बढाएर २० किलो पुर्‍याए पनि अहिले साविक परिमाणमा सीमित गरेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger