Widgets

Home » » व्यापारी लुट्ने एमाओवादी नेता छाडिए

व्यापारी लुट्ने एमाओवादी नेता छाडिए

Written By sangalo on Tuesday, July 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Loot

लमजुङ, श्रावण १६ - घुम्ती व्यापारीलाई कुट्दै लुटपाट गर्ने एमाओवादी तमुवान राज्य समिति सदस्यसहित ३ कार्यकर्ता प्रहरीले बिनाकारबाही छाडेको छ । घुम्ती व्यापारी लुट्ने तमुवान सदस्य एवं वाईसीएल जिल्ला सचिव रवीन्द्र भन्ने नवीन अधिकारी, प्रताप लामिछाने र टीकाराम विकलाई प्रहरीले बिनाकारबाही छाडेको हो । उनीहरूले गत शनिबार राति घुम्ती व्यापारी विजय जैसवाल र नत्थु महतोबाट ८२ हजार रुपैयाँसहित मोबाइल लुटेको पीडितले बताए । पीडितले घटनाबारे उजुरी दिएपछि आइतबार भोटेओडार प्रहरीले पक्राउ गरेका अभियुक्तलाई ३ दिनभित्र लुटिएको रकम फिर्ता गर्ने सर्तमा छाडेको हो । माओवादी सम्बद्ध नवराज अधिकारी र गोकुलप्रसाद रेग्मीको रोहवरमा छाडिएबारे प्रहरीले जानकारीसमेत दिएको छैन । घटनाबारे जिल्ला प्रहरी र भोटेओडारले एक अर्कोलाई देखाएर पन्छिएका छन् । प्रहरी नायब निरीक्षक काजीकुमार आचार्यले इलाकाको कुरा उसैले मिलाउने बताए । इलाका प्रहरी भोटेओडारका प्रहरी निरीक्षक नारायण रञ्जितकारले आफू सोमबारसम्म जिल्लामा नभएकाले जानकारी नभएको तर समुदायले नै केश मिलाएको बताए । स्रोतका अनुसार एमाओवादी दबाबका कारण उनीहरूलाई छाडिएको हो । सामान बेचेर भोटेओडार र्फकने क्रममा साँझ ७ बजे लुटेराको समूहले महतो र जैसवाललाई निर्घात कुटेका थिए । महतो सख्त घाइते भएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger