Widgets

Home » » सलोन र रिस्ताको ‘एउटा साथी’, लक्ष्मण सुवेदीको निर्देशनमा डेब्यू

सलोन र रिस्ताको ‘एउटा साथी’, लक्ष्मण सुवेदीको निर्देशनमा डेब्यू

Written By sangalo on Tuesday, July 16, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नेपाली सिनेमाको पत्रकारिता गर्दै आएका रंग पत्रकारहरु निर्देशक बन्ने क्रम यो बर्ष ह्वात्तै बढेको छ । यही भिडमा नयाँ पत्रिका दैनिकमा चलचित्र समाचार लेख्दै आएका चलचित्र पत्रकार संघका महासचिव लक्ष्मण सुवेदी पनि थपिएका छन् ।शोभित बस्नेतको निर्माणमा उनले निर्देशन गर्न लागेको चलचित्रको नाम ‘एउटा साथी’ राखिएको छ । सलोन फिल्मस्को ब्यानरमा तयार हुन लागेको यो चलचित्रमा शोभितका छोरा सलोन बस्नेत, ‘होस्टेल’ डेब्यू नायिका रिस्ता बस्नेत, संचारकर्मी शिशिर पौडेल, जोन तामाङ, सुनिल रावल, शोभित बस्नेतको अभिनय रहने पक्का भएको छ । चलचित्रमा टंक बुढाथोकीको संगीत समावेश हुनेछ । चलचित्रका लागि एक नायिका र केही कलाकारको खोजी भइरहेको निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रको शुभमुहुर्त साउन १७ गते गरिनेछ ।चलचित्र बनाउन लागिएको जानकारी दिन आयोजना गरिएको एक कार्यक्रममा निर्माता तथा निर्देशक शोभित बस्नतले लक्ष्मण सुवेदीको चलचित्र राम्रो बनाउने बाचालाई ध्यानमा राख्दै निर्देशनको जिम्मा सुम्पिएको बताए । निर्देशक सुवेदीले आफूले चलचित्र झुर नबनाउने सोचाई राख्दै निर्देशनको जिम्मा लिएको बताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger