भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नेपाली सिनेमाको पत्रकारिता गर्दै आएका रंग पत्रकारहरु निर्देशक बन्ने क्रम यो बर्ष ह्वात्तै बढेको छ । यही भिडमा नयाँ पत्रिका दैनिकमा चलचित्र समाचार लेख्दै आएका चलचित्र पत्रकार संघका महासचिव लक्ष्मण सुवेदी पनि थपिएका छन् ।
शोभित बस्नेतको निर्माणमा उनले निर्देशन गर्न लागेको चलचित्रको नाम ‘एउटा साथी’ राखिएको छ । सलोन फिल्मस्को ब्यानरमा तयार हुन लागेको यो चलचित्रमा शोभितका छोरा सलोन बस्नेत, ‘होस्टेल’ डेब्यू नायिका रिस्ता बस्नेत, संचारकर्मी शिशिर पौडेल, जोन तामाङ, सुनिल रावल, शोभित बस्नेतको अभिनय रहने पक्का भएको छ । चलचित्रमा टंक बुढाथोकीको संगीत समावेश हुनेछ । चलचित्रका लागि एक नायिका र केही कलाकारको खोजी भइरहेको निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रको शुभमुहुर्त साउन १७ गते गरिनेछ ।
चलचित्र बनाउन लागिएको जानकारी दिन आयोजना गरिएको एक कार्यक्रममा निर्माता तथा निर्देशक शोभित बस्नतले लक्ष्मण सुवेदीको चलचित्र राम्रो बनाउने बाचालाई ध्यानमा राख्दै निर्देशनको जिम्मा सुम्पिएको बताए । निर्देशक सुवेदीले आफूले चलचित्र झुर नबनाउने सोचाई राख्दै निर्देशनको जिम्मा लिएको बताए ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.