Widgets

Home » » भक्तपुरमै केदारनाथको माहोल बढ्यो पूर्वाधार निर्माणमा सरकारी पहल

भक्तपुरमै केदारनाथको माहोल बढ्यो पूर्वाधार निर्माणमा सरकारी पहल

Written By sangalo on Monday, July 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
mandir१४ साउन, काठमाडौं । केदारनाथको शिरको रुपमा लिइने भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा भक्तजनको घुईंचो बढ्न थालेको छ । साउनको सोमबार त झन् थामिनसक्नुको भीड थपिने गरेको छ । भारत उत्तराखण्डमा भीषण बाढीपहिरोका कारण अवरुद्ध हुन पुगेको केदारनाथको नित्य पुजा पनि गत असार २२ गतेदेखि नियमित रुपमा डोलेश्वर महादेव मन्दिरमै हुन थालेपछि यस क्षेत्रको महिमा वढेको हो ।
राजा भूपतिन्द्र मल्लले वि.सं. १६२९ मा जिर्णोद्धार गरेको डोलेश्वर महादेवको मन्दिर वाह्रौ तैह्रो शताब्दीतिर निर्माण भएको अनुमान छ । यस मन्दिरलाई २०६६ भदौ ८ गते जगदगुरु भीमाशंकरलिङ्ग शिवाचार्य महास्वामीले केदारनाथको शिरभागको रुपमा प्रमाणित गर्नु भएपछि यस्को महिमा वढेको छ ।
सरकारी पहल
दर्शनार्थीको घुईंचो बढेपछि यस क्षेत्रको विकास र पुननिर्माणमा सरकारले पनि चासो दिएको छ । यसै क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि वास्कोटाले त्यस क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ । स्थानीयस्तरमा गठित डोलेश्वर संरक्षण तथा विकास समितिका पदाधिकारीहरुसँग छलफल गर्दै उहाँले यस क्षेत्रको गुरु योजना तर्जुमा गरी पूर्वाधार निर्माण लगायतका कार्य गर्न सरकारले पहल गरिरहेको जानकारी दिनुभयो ।
सचिव वास्कोटाका अनुसार जगातिवाट सुरक्षाका लागि प्रहरी खटाउने व्यवस्था भएको र खानेपानीको कार्यक्रम चालू आर्थिक वर्षमा समावेश गरिने बताउनुभयो । साथै उहाँले यस क्षेत्रमा रहेका वन संरक्षण गरिने, खुल्ला चिडियाखानाको अवधारणा लागू गरिने, जलाधार संरक्षण गर्ने र नदी तथा पहिरो नियन्त्रणका लागि सर्वे लगायतका काम हुने आश्वासन पनि दिनुभयो । भक्तपुरको राजमार्गवाट ४ कि.मी. भित्र सिपाडोलमा रहेको यस क्षेत्रमा डोलिडारवाट निर्माण भैरहेको सडकलाई तिव्रता दिने र सामुदायिक भवन निर्माण गर्ने लगायतको गुरु योजना तर्जुमा गर्न सहरी विकास मन्त्रालयमा प्रधानमन्त्रीको कार्यालयवाट लेखी पठाईसकिएको उहाँले बताउनुभयो ।
केदारनाथको नित्य पुजा डोलेश्वर महादेव मन्दिरमै भैरहेकोले आम नेपाली भक्तजन र पर्यटकले यस क्षेत्रको भ्रमण गर्ने सरकारको विश्वास छ । हाल यस क्षेत्रमा होटल व्यवसाय, पुजा सामाग्री र स्थानीय उत्पादन विक्री गर्ने लगायतका आर्थिक र पर्यटकीय क्रियाकलापलमा वृद्धि हुँदै गएकोमा सचिव बास्कोटाले सन्तोष व्यक्त गर्नुभयो । समितिका कार्यवाहक अध्यक्ष किरण थापाले डोलेश्वर महादेवको नयाँ मन्दिर निर्माण गर्नु पर्ने, यस्को पुरातात्विक महत्वको थप खोजी गर्नुपर्ने र यस क्षेत्रमा पूर्वाधार निर्माणमा सरकार र अन्य सम्बद्ध पक्षको सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger