भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठको जोडी फेरी पर्दामा आउने भएको छ । यसअघि ‘मेरो एउटा साथी छ’ मा देखिएको यो जोडीलाई दर्शकले सर्वाधिक रुचाएका थिए । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार हुन लागेको चलचित्र ‘नोभेम्बर रेन’मा आर्यन र नम्रताको जोडी देखिन लागेको हो ।
आर्यनको आफ्नै कम्पनी आर्यन सिग्देल इन्टरटेन्मेन्ट प्रालीको प्रस्तुतीमा तयार हुन लागेको यो चलचित्रका लागि नम्रताले सोमबार सम्झौता गरेको निर्माता सुवास गिरीले जानकारी दिएका छन् । यसअघि ‘हो यही माया हो’ बनाएका सुवासले दोश्रो चलचित्र स्वरुप ‘नोभेम्बर रेन’ निर्माण गर्न लागेका हुन् ।
यो चलचित्रमा राजेश सिंहको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको द्वन्द्व, ताराप्रकाश लिम्बुको संगीत रहने छ । चलचित्रलाई दिनेश रावतले निर्देशन गर्न लागेका छन् । दिनेशले यसअघि चलचित्र ‘आई एम सरी’ निर्देशन गरेका थिए । यो सिनेमाको कथा चेतन गुरुङले लेखेका हुन् । चलचित्रको छायांकन भदौ १५ गतेबाट सुरु गरिने छ । चलचित्रको छायांकन काठमाण्डौ र धरानमा हुने निर्माता गिरीले जानकारी दिएका छन् ।
विशुद्ध प्रेमकथामा आधारित यो चलचित्रलाई दर्शक र समिक्षकले मन पराउने विश्वास निर्माणपक्षको छ । यसअघि ‘मेरो एउटा साथी छ’ मा अभिनय गरेर चर्चित बनेको आर्यन र नम्रताको जोडीलाई दर्शकले ‘नोभेम्बर रेन’मा कत्तिको मन पराउने हुन् त्यो भने हेर्न बाँकी नै छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.