Widgets

Home » , » केटीहरु भनेको जाडो महिनाको हट स्विमिङ् पुल हो - जिया केसी "रङ्ग वे"

केटीहरु भनेको जाडो महिनाको हट स्विमिङ् पुल हो - जिया केसी "रङ्ग वे"

Written By sangalo on Wednesday, July 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
‘एटिएम’ नायिका सबिना कार्कीले शुक्रबार फेसबुकमा यस्तो स्ट्याटस् पोस्ट गरिन् :
नेपालीमा एउटा उखान छ, आफ्नो आङमा भैँसी नदेख्ने अरूको आङमा जुम्रा देख्ने । यो उखान मेरो केही नजिक भनिएका साथीले मैमाथि चरितार्थ गरे, जति वेला मैले एटिएम फिल्म खेलेकी थिएँ । फिल्मको प्रोमो सार्वजनिक भएपछि मेलै अति घनिष्ट ठानेका र मानेका साथीले पनि नानाभाँती भने । अझ एउटीले त निकै सरिफ र आदर्शवान् कुरा गरेर मसँगको फ्रेन्डसिप नै तोडिदिई । अरू धेरैले पनि छि: छि: र दुरदुर गरे । तर, मैले हिम्मत हारिनँ । किनभने, मैले ‘खुसीमा संसार आफूसँगै हाँस्ने र रुँदा एक्लै हुनुपर्ने’ तीतो सत्य बुझेकी थिएँ । यो एउटा मेरो जीवनको अध्याय थियो र बित्यो पनि । तर, आजकल मलाई बडो आश्चर्य लागिरहेको छ । जसले मलाई शीलताको दर्शन छाँटेका थिए, उनीहरू नै एटिएममा मैले गरेकोभन्दा चर्को दृश्य दिइरहेका छन् । भ्यात्त परेको जिउ देखाएर नाचिरहेका छन् । ती को–को हुन् ? नाम भनिरहनु जरुरी देख्दिनँ । र, मैले न उनीहरूलाई शीलताको पाठ पढाइरहेको छु, न त उनीहरूले मलाई विगतमा गरेकोजस्तै रुखो व्यवहार गरिरहेकी छु । सिर्फ, म त रमिता हेरिरहेकी छु ।

सबिनाको यो स्ट्याटस्ले शुक्रबार साँझसम्म लाइक र कमेन्ट राम्रै पाइरहेको छ । उनले त्यो स्ट्याटस् कसलाई लक्षित गरी लेखेकी हुन्, त्यो भने प्रस्ट खुलाएकी छैनन् । उनलाई सोध्दा पनि आफूले एकजना विशेषलाई लक्षित नगरेको दाबी गरिन् । तर, उनी र उनको संगत बुझ्नेले सहजै अनुमान गरेका छन्, उनको त्यो स्ट्याटस् एटिएममा सँगै काम गरेकी अर्की अभिनेत्री जिया केसीप्रति लक्षित छ । केही दिनयता जियाले भित्री वस्त्रसमेत खोलेर अश्लीलताको पराकाष्ठा प्रस्तुत गरेको नयाँ चलचित्र ‘रङ–वे’को प्रोमोले दर्शक मात्र होइन, सञ्चार तथा चलचित्रकर्मीबाटै छि: छि: र दुरदुर पाइरहेको छ । सबिनाको ‘तीर’ पनि त्यही प्रोमोमा जियाले देखाएको हर्कतप्रति लक्षित छ ।

‘मैले कुनै एक व्यक्ति विशेषलाई लक्ष्य गरेकी होइन,’ सबिना भन्छिन्, ‘त्यो स्ट्याटस् पात्र र प्रवृत्तिको विरोधमा हो । भूलवश एटिएममा मैले गरेको सानो गल्तीलाई पहाड बनाएर आदर्शका कुरा गर्नेहरू अहिले आफू कुन हदसम्म गिरेका छन्, त्यसप्रति मेरो घोर विरोध छ ।’ उनले एटिएम चलचित्रमा आफूले दिएको केही दृश्य र बोलेको संवादप्रति भने आत्मालोचना गरिन् । ‘त्यति वेला त्यस्तै भयो । हामीले त्यत्तिकै ट्राई गर्न बोलेको संवादलाई प्रोमो बनाएर युट्युबमा हाली सनसनी मच्चाइयो,’ उनले भनिन्, ‘त्यही कारणले सधैँ तनावग्रस्त बन्नुपर्‍यो । तर, अब फेरि लाग्न थालेको एटिएम मैले भर्खरै हेरेँ । त्यस्तो अश्लील लाग्ने कुनै दृश्य, संवाद छैन । फिल्म सफा छ । दर्शकले पहिलाभन्दा अझ धेरै उत्सुकताका साथ हेर्नेमा विश्वस्त छु ।’ आफूले खास कसलाई के भन्न खोजेको हो, त्यसका लागि भने केही दिनमा पुन: अर्काे स्ट्याटस् पोस्ट गरेर स्पष्ट पार्ने उनी बताउँछिन् । ‘खास कुरा के हो, एटिएम चल्नुभन्दा दुई दिनअघि स्ट्याटस् लेखेर क्लिअर पार्छु,’

उनले भनिन् ।
सबिनाले एटिएम खेल्नुअघि दुलहीरानी र वाचामा अभिनय गरेकी थिइन् । वाचामा उनी र जिया सँगै थिए । एटिएममा आफूलाई जियाले नै लगेकी सबिना बताउँछिन् । ‘वाचा खेल्ने क्रममा जियासँग नजिक भएँ । सधैँ सँगसँगै हुन थालियो,’ उनले भनिन्, ‘मैले उनलाई दिदी भन्थेँ । उनैले हो, मलाई एटिएममा लगेको । चपली हाइटजस्तो फिल्म बनाउने भनेर खेलियो । तर, बेइज्जत भयो ।’ जिया र सबिनाबीच एटिएमको सुटिङका क्रममा घमासान झगडा भएको थियो । ‘फिल्मको एउटा सिनमा हिरोले मलाई जबर्जस्ती किस गर्ने सिन थियो,’ आफू र जियाबीच दुस्मनी हुनुको कारण बताउँदै सबिनाले भनिन्, ‘जियाले केही पत्रकारलाई फोन गरेर सुटिङमा बोलाइन् र फिल्ममा आफ्नो दश मिनेट लामो किस सिन भएको तर मेरो दुई मिनेट मात्र भएको हल्ला फैलाइन् । मलाई त्यो कुरा चित्त बुझेन । त्यसबाहेक पनि उनले मेरो कुरा काट्ने गर्दिरैछिन् । त्यो थाह पाएपछि झगडा भयो । त्यहाँदेखि अहिलेसम्म उनीसँग बोलचाल नै बन्द छ ।’ सबिना र जियाको खास झगडाको निहुँ कसको किस सिन लामो भन्नेमा थियो । फिल्म रिलिज नहँुदै जियाले किस सिनको विषयमा माइनस गरेकाले सबिनालाई रिस उठेको रहेछ । त्यसले मित्रतालाई दुस्मनीमा बदलिदियो ।

‘म नग्नता, अश्लीलताको विरोधी हुँ,’ चोखिन खोज्दै सबिना भन्छिन्, ‘एटिएमपछि पनि ओभर एक्सपोज गर्नुपर्ने रोलका केही फिल्मबाट अफर आएका थिए । तर, मैले स्विकारिनँ ।’ एटिएमपछि आफूले खेलेका छल, वान साइड लभ, गुड फ्रेन्ड र पंगा, चार फिल्म शील भएको दाबी उनको छ । ‘एटिएमपछि मैले खेलेका सबै फिल्म परिवारसँगै बसेर हेर्न मिल्ने सफा छन्,’ उनी भन्छिन्, ‘म रङ–वेमा लाग्न चाहन्न । त्यसैले सफा फिल्म मात्र खेल्छु । ४ साउनमा चल्न लागेको संशोधित एटिएम पनि सफा छ । आरामले हेर्दा हुन्छ ।’जियाचाहिँ सबिनासँगको पूर्वमित्रता, दुस्मनी, सबिनाले पोस्ट गरेको स्ट्याटस्, एटिएम अनि रङ वेको प्रोमोमा देखिएको आफ्नो कलाकारिताबारे के भन्दी हुन् ? यसबारे बुझ्ने प्रयास गर्दा उनको फोन रिसिभ भएन । सबिना भने जियाले आफ्नो गल्ती स्विकारेर ‘सरी’ भनेमा बोलचाल पुन: सुरु गर्न आपत्ति नहुने बताउँछिन् । ‘आफ्नो गल्ती स्विकारेर सरी भने त म पनि किन नाप्पिन्थेँ र,’ सबिनाले भनिन्, ‘तर, बानी थाहा पाइसकेकाले पहिलाजस्तो सम्बन्ध सुमधुर बनाउन भने धेरैपटक सोच्नैपर्छ ।’

के छ रङ वेको प्रोमोमा

झन्डै दुई दर्जन  युनिभर्सल सर्टिफिकेटवाला चलचित्र निर्देशन गरिसकेका निर्देशक दीपक श्रेष्ठले निर्माण गरेको ‘रङ–वे’को प्रोमोले अहिले चर्चामा छ । साढे एक मिनेटको सो प्रोमोमा अश्लीलताको पराकाष्ठा देखिन्छ । प्रोमोमा नायिका जिया केसीसँग नवयुवाहरू देखिएका छन् ।  प्रोमोको सुरुमा जिया बाइकको अगाडि युवकतिर फर्किएर सुतेकी र युवकले उनलाई चुम्बन गर्दै हाई–वेमा बाइक कुदाएको सट हालिएको छ । सो बाइक जंगलतिर पस्छ । अर्का एउटा सट त लाजै मर्नु छ । दुई युवाले हेरिरहेका छन्, जियाले आफ्नो पेन्टी फुकालेर फालेको देखिन्छ । लगत्तै अर्काे सट जंगलमा छ । त्यसमा जिया र एक युवा यौनजन्य क्रियाकलापमा संलग्न भएको देखाइएको छ । त्यसैगरी, अर्काे सटमा युवाले जियाको कुर्ताभित्र हात हालेर रातो ब्रा झिकेको छ । त्यसपछि भने जिया अर्काे पुरुषमाथि चढेर यौनक्रियामा संलग्न भएको लाग्ने विभिन्न सट हालिएको छ । डम्बर अधिकारी निर्माता रहेको रङ–वे निर्देशक, निर्माता तथा जिया स्वयंले आफ्नो परिवारसँगै बसेर हेर्न सक्लान् त ? प्रोमो हेरेकाहरूबीच यही कुरा चल्ने गरेको छ ।Source Naya Patrika.

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger