Widgets

Home » » माउस आविष्कार गर्ने वैज्ञानिकको निधन

माउस आविष्कार गर्ने वैज्ञानिकको निधन

Written By sangalo on Thursday, July 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

कम्प्युटर माउसको आविष्कार गर्ने वैज्ञानिक डग एंगलबर्टको ८८ वर्षको उमेरमा निधन भएको छ । सन् १९२५ को जनवरी ३० मा अमेरिकाको ओरेगनस्थित पोर्टल्याण्डमा रेडियो मर्मत गर्ने पिता र गृहिणी आमाको कोखबाट जन्मेका एंगलबर्टले सन् १९६० मा कम्प्युटर माउसको आविष्कार गरेका थिए ।
2
उनले आविष्कार गरेको माउस काठको खोल भएको र दुइवटा पंाग्रा भएको थियो । उनले क्यालिफोर्निया रिचर्स संस्थामा इमेल, वर्ड प्रोसेसिङ तथा भिडियो टेलिकन्फ्रेन्सिङ जस्ता प्रविधिमा पनि काम गरेका थिए । उनको जुलाई २ मंगलबार निधन भएको उनकी छोरीले पुष्टि गरेकी छिन् ।
ओरेगन स्टेट विश्वविद्यालयमा इलेक्टि्रकल इन्जिनियरिङ पढेका उनले दोश्रो विश्वयुद्धका बेला राडार प्राविधिकको काम गरेका थिए । उनले अमेरिकी अन्तरीक्ष संस्था नासाको सुरुवाती रुप नाकामा पनि काम गरेका थिए । उनले आफ्नै अनुसन्धान संस्था स्टानफोर्ड रिसर्च इन्स्िटच्युट स्थापना गरी कम्प्युटर माउस तथा अन्य प्रविधिको विकाशमा काम गरेका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger