Widgets

Home » » फिफा बरियतामा नेपालको दुई स्थान फड्को

फिफा बरियतामा नेपालको दुई स्थान फड्को

Written By sangalo on Thursday, July 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

fifa logo
२० असार, काठमाण्डौ । नेपाल फिफा बरियतामा दुई स्थान फड्को मारेको छ । विश्व फुटबलको नियमनकारी निकाय फिफाले विहीवार सार्वजनिक गरेको नयाँ फुटबल बरियातामा नेपाल दुई स्थान फड्को मार्दै एक सय ६९ औँ स्थानमा उक्लिएको हो ।
यसअघि नेपाल एक सय ७१ औँ स्थानमा रहेको थियो । दक्षिण एशियामा अफगानिस्तान सवैभन्दा अग्रस्थान (१ सय ४० औँ ) स्थानमा छ ।
यसैगरी भारत १ सय ४६, बंगलादेश १ सय ५२, माल्दिभ्स १ सय ५४, पाकिस्तान १ सय ६७, श्रीलंका १ सय ७१ र भुटान २ सय ७ औँ स्थानमा छन् । फिफा बरियतामा स्पेन एक नम्बरमा छ ।
यसैगरी जर्मनी दोस्रो, कोलम्बिया तेस्रो, अर्जेन्टीना चौथो, नेदरल्याण्ड्स पाँचौ स्थानमा रहेका छन् । गत सोमवारमात्रै  कन्फेडेरसन कप फुटबलमा हृयाट्रिक गरेको ब्राजिल १३ स्थान फड्को मार्दै नवौँ  स्थानमा उक्लिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger