Widgets

Home » » राष्ट्रपति यादव र गच्छदारवीच भेटवार्ता चुनाव अनुकूल वातावरण बनाउन संयन्त्रलाई यादवको आग्रह

राष्ट्रपति यादव र गच्छदारवीच भेटवार्ता चुनाव अनुकूल वातावरण बनाउन संयन्त्रलाई यादवको आग्रह

Written By sangalo on Thursday, July 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

२० असार, काठमाण्डौ । राष्ट्रपति डा रामवरण यादवले चुनावप्रति केही असहमति राख्दै आएका दलहरुलाई सहमतिमा ल्याई चुनाव अनुकूल वातावरण बनाउन उच्चस्तरीय राजनीतिक संयन्त्रलाई आग्रह गर्नुभएको छ ।  फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग शीतल निवासमा विहीवार भएको भेटमा राष्ट्रपति डा यादवले चुनावमा असहमत देखिएका दलहरुसँग छिटोभन्दा छिटो वार्ता र संवाद गरी सबै पक्षलाई स्वीकार्य हुने चुनावी वातावरण बनाउन संयन्त्रलाई अझ बढी सक्रिय हुन आग्रह गर्नुभएको हो ।Rambaran-yadav-and-Bijay-ga
भेटपछि पत्रकारहरुसंग कुराकानी गर्दै गच्छदारले आफूले राष्ट्रपति डा यादवलाई पछिल्लो राजनीतिक अवस्था र संयन्त्रका निर्णयहरुबारे जानकारी गराएको बताउनुभयो । राजनीतिक गतिरोध अन्त्यको सही उपाय चुनाव भएको र मङ्सिर ४ मा संविधानसभा चुनाव सम्पन्न होस् भन्ने धारणा राष्ट्रपतिबाट व्यक्त भएको उहाँले बताउनुभयो । संयन्त्रको आगामी हप्ता बस्ने बैठकले चुनावप्रति असन्तुष्ट नेकपा-माओवादीसहित अन्य दलसँग वार्ता गर्ने जानकारी संयन्त्रका संयोजक गच्छदारले दिनुभयो ।
गच्छदार संयोजक बनेपछि संयन्त्रको बैठक असार ३ र १२ गते सम्पन्न भइसकेको छ । संयोजक गच्छदारले भन्नुभयो – “चुनावप्रति असन्तुष्टि राख्दै आएका नेकपा-माओवादीसहितका दलबाट चुनावमा भाग लिने लिखित प्रतिबद्धता आउँछ भने संयन्त्र जस्तोसुकै त्याग गर्न तयार छ ।” ”मङ्सिर ४ गतेपछि अब अर्काे मितिमा निर्वाचन सर्दैन, सर्नु पनि हुँदैन, चुनावको वातावरण बनिसकेको छ, २५ बुँदे आदेश पनि खारेज हुँदैन”, उहाँले भन्नुभयो ।
संयोजक गच्छदारले नेकपा-माओवादीले पनि चुनावमा भाग लिन किन अन्कनाई रहेको छ भन्ने प्रश्न गर्दै उनीहरुको मागलाई संयन्त्रले बेवास्ता गरेको छैन भन्नुभयो । करिब एकघण्टा लामो वार्ता गर्नुभएको संयोजक गच्छदारले राष्ट्रपति डा यादवसँग बजेटका विषयमा पनि कुराकानी भएको जानकारी दिँदै नयाँ बजेट एक वर्षका लागि मात्र आउनुपर्छ भन्नुभयो । रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger