भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२० असार, काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश)ले जनयुद्धपछि एकताको प्रक्रियाबाट एमाओवादी बन्नेहरुलाई ‘चैते’ एवं ‘भाग खान आएका’ भन्ने हो भने पार्टीभित्र स्वाभाविकरुपमा दुईवटा गुट जन्मिने बताउनुभएको छ । ’एकताको प्रक्रियाबाट आउनुभएका साथीहरुलाई अहिले ठूलो पीडाको अनुभूति भएकै छ ।’
ललितपुरको हरिसिद्धीस्थित आफ्नै निवासमा विहीबार अनलाइनखरसँग विशेष कुराकानी गर्दै उपाध्यक्ष श्रेष्ठले भन्नुभयो- ‘जनयुद्ध गरेका साथीहरुले ल यी चैतेहरु भाग खान आए, यी त हाम्रा दास हुनुपर्ने वा दोस्रो दर्जाको नागरिक हुनुपर्ने वा दोस्रो दर्जाको पार्टी सदस्य हुनुपर्ने भनेर सोच्ने हो भने स्वाभाविकरुपमा जनयुद्ध गरेर आएका र जनयुद्ध नगरी आएका दुईवटा गुट बन्दै जान्छन् ।’
उपाध्यक्ष श्रेष्ठले भन्नुभयो-’यस्तो गर्नु हाम्रो पार्टीका लागि घातक हुन्छ, कुनै पनि हातमा यस्तो गरिनुहुँदैन । म यसबारेमा नेतृत्व र सबै क्रान्तिकारी साथीहरुलाई विशेष अनुरोध गर्न चाहन्छु हामीले धेरै काम गर्न बाँकी छ । त्यसैले यस्तो संकीर्ण गुट बन्न दिनुहुँदैन ।’ प्रचण्ड नेतृत्वको माओवादीसँग पार्टी एकता गर्नेबेलामै आफूहरुमाथि यस्तो उत्पीडन हुन सक्ने आँकलन गरिएको र केही कालसम्म यस्तो पीडा सहने धैयर्ताका साथ पार्टी एकता गरिएको श्रेष्ठले बताउनुभयो । अर्का उपाध्यक्ष डा. बाबुराम भट्टराईले पदत्याग गरेपछि पदाधिकारीको बैठकमा आमन्त्रितका रुपमा सहभागी भैरहन अप्ठ्यारो हुने उहाँले बताउनुभयो । साथै आफू यतिबेला ५३ वर्ष पुगेको र ६५ वर्षसम्म सक्रिय राजनीतिबाट अलग नहुने उहाँले बताउनुभयो ।
आगामी साउन ४ गते हुने विस्तारित बैठकले पार्टीभित्रका सबै समस्याहरु हल गर्न नसक्ने र त्यहाँ संगठनको विषयमात्रै मुख्य हुने भएकाले आफूले उठाउँदै आएको राष्ट्रिय स्वाधीनताबारे छलफल गर्न चुनावपछि अर्को विस्तारित बैठक बोलाइनुपर्ने उहाँले बताउनुभयो । उपाध्यक्ष प्रकाशले माओवादीका महासचिव रामबहादुर थापा वादल आफ्नो निवासमा कहिलेकाहिँ खाना खानेगरी आउने गरेको तर, माओवादीसँग पार्टी एकताबारे छलफल नचलेको स्पष्ट पार्नुभयो ।
Home »
समाचार
» ‘चैते’ भन्दा पार्टीभित्र दुईवटा गुट जन्मिन्छन् : नारायणकाजी 'जनयुद्ध लडेकाले मात्रै साम्यवाद ल्याउने भए अरुलाई सिध्याए हुन्छ'
‘चैते’ भन्दा पार्टीभित्र दुईवटा गुट जन्मिन्छन् : नारायणकाजी 'जनयुद्ध लडेकाले मात्रै साम्यवाद ल्याउने भए अरुलाई सिध्याए हुन्छ'
Written By sangalo on Thursday, July 4, 2013
भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्
Labels:
समाचार
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.