Widgets

Home » » फोर्डको इकोस्पोर्ट कार नेपाली बजारमा

फोर्डको इकोस्पोर्ट कार नेपाली बजारमा

Written By sangalo on Thursday, July 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

२० असार, काठमाडौं । अमेरिकन मोटर उत्पादक कम्पनी फोर्डले इकोस्पोर्ट कार नेपाली बजारमा भित्राएको छ । फोर्डको नेपालका लागि आधिकारीक बिक्रेता गोल्छा अर्गनाइजेशनले उक्त कार नेपाली बजारमा भित्राएको हो । इकोस्पोर्ट कार पछिल्ला विकसित प्रविधि तथा सुविधाहरुले भरिपूर्ण रहेको गो फोर्डका निर्देशक आकाश गोल्छाले बताउनुभयो । उहाँका अनुसार यस गाडीले बजारमा रहेका सेडान र हृयाचव्याक कारहरुलाई चुनौती दिनेछ ।
EcoSport-car
इकोस्पोर्टका १० वटा मोडेल नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अहिले नेपालमा ‘इकोस्पोर्ट टाइटानियम’ मोडेल भित्रिएको छ । जस्को बजार मूल्य ५२ लाख ९० हजार रुपैयाँ पर्छ । यो डिजेल इन्जिन कार हो । १० मोडेलमध्ये यो सबैभन्दा महंगो मोडेल हो । इकोस्पोर्ट कारको मूल्य नेपाली बजारमा न्यूनतम २८ लाख रुपैयाँदेखि ४२ लाख रुपैयाँसम्म पर्ने छ । अन्य मोडेलहरु विस्तारै नेपाल भित्राउने कम्पनीले जानकारी दियो ।
EcoSport-car-inlook
कम्पनीका अनुसार फोर्ड इकोस्पोर्ट कारहरुमा आकर्षक विशेषताको रुपमा गेम चेञ्जर रहेको छ । विभिन्न ७ कलरमा उपलब्ध हुने फोर्ड इकोस्पोर्ट ३ इञ्जिन अप्सनमा उपलब्ध रहेका छन् । फोर्ड इकोस्पोर्ट नेपाली बाटो सुहाउँदो भएको हुँदा नेपालीहरुको विश्वास सजिलै जित्न सक्ने कम्पनीले अपेक्षा गरेको छ । यी कारले धेरै माइलेज दिने कम्पनीको दाबि छ । यस कारको डिक्की ठूलो भएको हुँदा धेरै समान अट्ने बताइएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger