Widgets

Home » » नवजात शिशु झाडीमा फ्याँक्ने आमा पक्राउ

नवजात शिशु झाडीमा फ्याँक्ने आमा पक्राउ

Written By sangalo on Thursday, July 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

निमुसंगम घर्ती
२० असार, दाङ । आफूले जन्माएको नवजात शिशु झाडीमा फ्याँक्ने आमा फेला परेकी छन् । दाङको हापुर-१ घर भई सोही गाविस-४ पतेनीमा माइतीघरमा बस्दै आएकी २३ वर्षीया दुर्गी बस्नेतले मंगलबार बच्चा जन्माएर सालनालसहित झाडीमा फालेर भागेकी थिइन् ।baby-in-jungle
शिशुलाई उद्धार गरी आमाको खोजी कार्यमा लागेका गढीटाकुरा महिला सहकारी संस्थाका सदस्यहरुले दुर्गी बस्नेतलाई माइतीको खेत खन्दै गरेको अबस्था पक्राउ गरेका हुन् । आफूमाथि कसैले शंका नगरोस् भनेर माइतीको खेतमा काम गर्न लागेको उनले स्विकार गरेको स्थानीय रुक्मीणा न्यौपानेले जानकारी दिनुभयो । शिशुलाई जन्म दिई फालेको पत्ता लागेपछि उनीहरुले दुर्गीलाई विहीवार प्रहरीको जिम्मा लगाएका छन् ।
दुर्गीका श्रीमान् बमबहादुर बस्नेत २ वर्षदेखि मलेसियामा बस्दै आएको र २०६९ असोजमा नाम थाहा नभएको चितवन घर बताउने व्यक्तिसँगको यौनसम्पर्कबाट गर्भ भई छोरा जन्माएपछि समाजमा अपमानित हुने डरले बच्चा फ्याँकेको बताइकी छिन् ।
यसैवीच जिल्ला बाल कल्याण समितिका अध्यक्ष रविलाल पन्थको अध्यक्षतामा बसेको बाल कल्याण समितिको बैठकले शिशुलाई आमाको जिम्मा लगाई तत्काल उपक्षेत्रीय अस्पतालमा राखी उपचार गराई राखेको छ । बैठकले थप व्यवस्थापनका लागि पुनः पहल गर्ने निर्णय गरेको छ ।
यस्तै असार १४ मा दाङकै देउखुरीस्थित कुलपानी सामुदायिक वनमा भेटिएका अन्दाजी साढे दुई वर्षका शिशुलाई अहिले कसैले खोजतलास गरेको छैन । घाँस काट्न गएकाहरुले रोइरहेको अवस्थामा फेलापारी शसस्त्र प्रहरीको जिम्मा लगाएका थिए । तर सवैतिर खबर गरेपनि उक्त बालकलाई लिन कोही नआएको ज्वालामाई गणका गणपति मानबहादुर रजालीले जानकारी दिनुभयो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger