Widgets

Home » » फेसबुकको गोप्य (अदर) फोल्डर खोल्नुभएको छ ? खोलेर सन्देश पढिहाल्नुस्

फेसबुकको गोप्य (अदर) फोल्डर खोल्नुभएको छ ? खोलेर सन्देश पढिहाल्नुस्

Written By sangalo on Tuesday, July 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

face-book

फेसबुकको गोप्य फोल्डरका रुपमा रहेको ‘अदर’ नामको फोल्डर खोल्ने गर्नुभएको छ ? हामी धेरैले उक्त फोल्डर खोलेर त्यसका म्यासेज हेर्ने गर्दैनौँ । तर उक्त फोल्डरमा हामीले अन्त कतै नदेखेका निकै महत्वपूर्ण सन्देशहरु हुने गरेको खुलासा भएको छ । फेसबुक प्रयोगकर्ताको ध्यान नपुगेका तथा चासो नदिइएका म्यासेज संग्रह गर्ने इनबक्सको एक फिचर्सको रुपमा रहेको उक्त फोल्डर प्रयोगकर्तालाई ह्याकरबाट जोगाउने एउटा टुल्स समेत भएको फेसबुकको दाबी छ । तर यो फोल्डर भित्र थुपि्रएका म्यासेजको विषयमा प्रयोगकर्ताले कुनै सूचना नै नपाउने भएकाले महत्वपूर्ण जानकारी समेत त्यसै थन्किने र बासी बन्ने गरेको पाइएको छ । न्युयोर्क टाइम्सको एक ब्लग पोष्टमार्फत प्रविधि विज्ञ डेभिड पगले यो अदल नामक फोल्डर भित्र फेसबुकले पठाएका निकै महत्वपूर्ण सन्देशहरु हुने गरेको जानकारी दिएका हुन् । यो फोल्डरमा फेसबुकका विभिन्न सन्देशका साथै फेसबुक फ्रेण्डस्का वर्षौँ अघिसम्मका निम्तोहरु समेत सञ्चित हुने गरेका उनको भनाइ छ । प्रयोगकर्ताले फेसबुक वालको मेसेज अप्समा क्लिक गरेपछि अदर भन्ने अप्सन देखा पर्छ । उक्त अप्सनमा क्लिक गरेपछि त्यहाँ रहेका सन्देशहरु पढ्न सकिन्छ । वास्तवमा यो फोल्डरमा एक डलर तिरेर पठाइने महत्वपूर्ण सन्देशहरु भित्रिने गर्छन् । यो अप्सन प्रयोगकर्तालाई स्पाम बाट बचाउनका लागि प्रयोगमा ल्याइएको फेसबुकको दाबी छ । मित्रहरु तपाइँ पनि अदर फोल्डर खोलिहाल्नुस् । कतै गोप्य सन्देश पो छन् की । एजेन्सीको सहयोगमा

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger