Widgets

Home » » ३५ वर्षदेखि ओछ्यानमा

३५ वर्षदेखि ओछ्यानमा

Written By sangalo on Tuesday, July 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

photo

प्यूठान, श्रावण ८ - यहाँका एक युवक उपचार नपाएर ३५ वर्षदेखि ओच्छ्यानमै थला परेका छन् । खलंगा ७, लाममेलाका ओमबहादुर पुन आर्थिक अभावमा उपचार नपाएर थला परेका हुन् । ६ महिना हुँदासम्म सामान्य अवस्थाका पुन ठूलो भएपछि हिँड्न नसक्ने भए । उनको कम्मरमुनिको भाग पूरै चल्दैन । उनलाई अहिलेसम्म कतै उपचार गर्न लगिएको छैन । 'आफ्नो जग्गामा उब्जेको अन्नले २ महिना खान पुग्दैन,' आमा सरस्वतीले भनिन्, 'कहाँबाट छोराको उपचार गराउन सक्नु र ।' उनले छोरो ५ वर्षको हुँदा श्रीमान्ले अर्को श्रीमती लिएर भारत गएको तर अहिलेसम्म नफर्केको बताइन् । अरूकै सहयोगमा उनलाई खाना खुवाउनुपर्ने हुन्छ । दिसापिसाबसमेत ओच्छ्यानमै गर्दै आएका छन् । उनलाई आमाले स्याहार गर्दै आएकी छन् । पुनले अहिलेसम्म सामाजिक सुरक्षा भत्तासमेत पाएका छैनन् । निमेक गरी दुई छाक जुटाउन सक्ने आँट भए पनि चौंबिसै घन्टा छोरोको स्याहार गर्नुपर्ने भएकाले गाँस जुटाउन झनै समस्या रहेको सरस्वतीले बताइन् । ओबमहादुरको दुबै हातखुट्टा पूर्ण रूपले चल्दैनन् भने नियमित अभ्यास नहुँदा बोल्न पनि सक्दैनन् । मानसिक रूपले कमजोर पुन नयाँ व्यक्ति घरमा जाँदा हास्छन् मात्र । उनको वास्तविक रोग केहो भन्नेबारे चिकित्सकले नहेरी बताउन नसकिने बताए । उनको अपांगताको अवस्थाअनुसार ओमबहादुरलाई अपांगतामध्येको सबैभन्दा जटिल श्रेणीको रातो कार्ड दिन मिल्ने अपांग सेवा संघ प्यूठानका अध्यक्ष जुमान केसीले बताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger