भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२० असार, काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाले अस्पतालजन्य फोहोरको व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको भन्दै तिलगंगा आँखा केन्द्रलाई ३० हजार रुपैयाँ जरिवाना गरेको छ । चाहबिलमा रहेको मेडिकेयर हस्पिटललाई पनि सचेत गराएको छ ।
स्थानीय बासिन्दाले बागमती नदीकिनार तथा त्यस क्षेत्रमा जम्मा भएका फोहोर धेरै दिनदेखि नउठेको भन्दै उजुरी गरेपछि मंगलबार महानगरपालिकाका कार्यकारी अधिकृतसहतिको अनुगमन टोली मंगलबार तिलगंगा क्षेत्रमा पुगेको थियो । नदीकिनारमा थुपि्रएको फोहोर नियाल्नेक्रममा औषधिका बोतल तथा सुइहरुसमेत भेटिएको थियो ।
छानबिनका क्रममा साधारण फाहोरमा अस्पतालजन्य फोहोर मिसिएको पुष्टि भएपछि महानगरपालिकाले जरिवाना गरेको हो ।
महानगर पालिका वातावरण महाशाखाप्रमुख रबिनमान श्रेष्ठले अस्पतालजन्य संक्रामक फोहोर अन्य साधारण फोहोरसँग मिसिएको पाइएपछि छानबिन गरी अस्पताल दोषी देखिएपछि जरिवाना गरिएको बताएको नयाँ पत्रिकामा खबर छ । ‘अस्पतालजन्य फोहोर अन्य फोहोरसँग मिसाउन पाइदैन र त्यसको व्यवास्थापन अस्पताल आफैंले गर्नुपर्छ । तर, तिलगंगाले त्यसो गरेको पाइएन । त्यसैले हिजो स्पष्टीकरण सोध्यौं र आज कारबाहीको निर्णय गर्यौं,’ श्रेष्ठले बुधबार भने ।
श्रेष्ठका अनुसार तिलगंगालाई फोहोरमैला व्यवस्थापन ऐन ०६८ को परिच्छेद ९ को दफा ३९ बमोजिम कारबाही गरिएको हो । सो दफामा अस्पतालजन्य फोहोर व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको पाइएमा पाँच हजारदेखि एक लाखसम्म जरिवाना तथा तीन महिनासम्म कैदसमेत हुनसक्छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.