Widgets

Home » » निगमले जहाज उडाउने पाइलट नै पाएन

निगमले जहाज उडाउने पाइलट नै पाएन

Written By sangalo on Wednesday, July 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Nepal Airlines

काठमाडौ, असार २० - टि्वनअटर चलाउन १५ जना मुख्य चालक (क्याप्टेन) माग्दै नेपाल वायुसेवा निगमले करिब दुई महिनाअघि विज्ञापन निकाल्यो । एकमहिने म्याद सकियो तर एउटै आवेदन परेन । अर्को सूचना सार्वजनिक गर्‍यो । त्यसलाई पनि कसैले वास्ता गरेन । अनि उसले तेस्रो पटक आवेदन माग्यो । पछिल्लो चोटि आवेदन त पर्‍यो तर सात जनाको मात्रै । यसले निगमको सेवा, विश्वसनीयता र सुविधामा प्रश्न उठेको छ । 'जहाज भएर मात्र हुँदैन, उडाउन क्याप्टेन चाहिन्छ,' निगमका वरिष्ठ क्याप्टेन विजय लामाले भने, 'जहाँ आफ्ना लागि बढी सुविधा र पारिश्रमिक हुन्छ । सबै त्यहीं काम गर्न चाहन्छन् ।' निजी कम्पनीमा बढी सुविधा भएकाले निगमको आकर्षण नरहेको उनले बताए । 'हामी मूर्ख हांै या निगमप्रति बढी इमानदार, बुझ्न सक्दिनँ,' उनले भने, 'यहाँको सुविधामा चित्त बुझाएर बसिरहेका छांै ।' उनका अनुसार एयरबस ल्याएपछि पनि क्याप्टेन थप्नुपर्छ । 'व्यवस्थापनले अहिले नै सोच्नुपर्छ,' उनले औंल्याए, 'नभए फेरि सूचना जारी गर्ने काम मात्र हुन्छ ।' निजीमा क्याप्टेनको मासिक तलब औसत ४ लाख रुपैयाँ हुने गर्छ । निगममा भने बढीमा ४० हजारसम्म हुने एक अधिकारीले बताए । मुलुकमा बेरोजगार क्याप्टेन हुँदै नभएका पनि होइनन् । वायुसेवा सञ्चालक संघ -आयोन) का महासचिव रूपेश जोशीका अनुसार १० जना क्याप्टेनले जागिर पाएका छैनन् । 'निजीमा पाए सबै जान्छन्,' उनले भने, 'उस्तै काम गरेर थोरै तलब खान कसले चाहन्छ ?' अहिले बुद्ध एयरमा ३०, यती र तारामा ४५, सिमि्रकमा ५ क्याप्टेन छन् । सीता, गोमा, मकालुमा गरी २० क्याप्टेन छन् । निगमका प्रवक्ता गणेशबहादुर चन्दले भने छाडेर गएका क्याप्टेनले पनि आफूलाई करारमा राखिदिन आग्रह गरेको बताए । 'यहाँ नभए बाहिरबाट पनि पाइलट ल्याउन सकिन्छ,' उनले भने, 'तालिम दिएर नयाँ पुस्ता ल्याउन सक्छौं । पुरानाले नै चलाउनुपर्छ भन्ने छैन ।' निगमको प्रशासनिक तह भने अत्यन्तै आकर्षक मानिन्छ । उसले यसअघि मागेको १ सय १९ जनाको सिटमा २३ हजारले आवेदन दिएका थिए । विमान चालक र इन्जिनियर भने जागिर छाडेर निजी कम्पनीमा गएका छन् । बजारमा को-पाइलटको भने कमी छैन । जागिर नपाएर झन्डै २ सय त्यस्ता पाइलट बरोजगार छन् । 'सिंगल फ्लाइट अपरेन' ले पनि केही समस्या देखिएको जोशीको बुझाइ छ । 'पहिले जेट उडाउनेले टि्वनअटर पनि उडाउँथे,' उनले भने 'अहिले एउटा पाइलटले एउटै किसिमको जहाज उडाउनु पर्दा अपुग देखिएको हो ।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger