भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१३ साउन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह जता पुग्छन्, उनका समर्थकहरु ‘राजा आऊ, देश बचाऊ’को नारा लगाउँछन् । मध्य तराईका मठ मन्दिरहरुमा पूजापाठ गर्दै हिँड्दा होस्, वा बाढी पीडितहरुलाई राहत वितरण गर्न सुदूरपश्चिम जाँदा होस् ।
हिमानी कोषले कञ्चनपुरका बाढी पीडितलाई वितरण गर्ने कार्यक्रममा सहभागी हुन ज्ञानेन्द्र महेन्द्रनगर पुग्दा पनि समर्थकहरुले ‘राजा आऊ, देश बचाऊ’को नारा लगाए । गाडीमा सवार ज्ञानेन्द्रले केहीबेर रोकिएर ‘राजा आऊ, देश बचाऊ’ अब जनता आऊ, देश बचाऊको नारा लगाउन आग्रह गर्नुभयो ।
गाडीको झ्यालबाट समर्थकहरुलाई उहाँले भन्नुभयो-’तपाईहरु ‘राजा आऊ, देश बचाऊ’ होइन । ‘जनता आऊ, देश बचाऊ’ भन्नुस् ।’ पटक पटक अघि बढ्न खोजेर पनि रोकिँदै उहाँले राष्ट्र एक ढिक्को भएर बस्नुपर्छ, अनि पो नेपाली भनेर बस्न पाइन्छ ।’ उहाँले पैदल हिँडेर स्थानीय तथा समर्थकहरुको गुनासोसमेत सुन्नुभएको छ ।
पूर्वयुवराज्ञी हिमानी अध्यक्ष रहेको हिमानी कोषले जिल्ला दैवी प्रकोप उद्धार समिति कन्चनपुरमार्फत स्थानीय बाढी पीडितलाई राहत वितरण गरेको छ ।
भिडियो
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.