भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१३ साउन, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका- १५ शाही खोलास्थित बागचौरी टोलका एक १५ वर्षीय किशोरले पाँच वर्षीया एक बालिकालाई बलात्कार गरेका छन् ।
बागचौरीका जगतबहदुर मगरका छोरा सुबास मिचि्रङ मगरले बिहान छिमेकी कार्की थरकी बालिकालाई आफ्नो घरको कोठामा लगेर बलात्कार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मगरले मकै खान आफ्नो कोठामा फकाएर बालिकालाई ल्याएपछि करणी गरेका थिए ।
करणीको पीडा सहन नसकी बालिका रोएपछि स्थानीयवासीले मगरको कोठामा बालिकालाई भेटाएका थिए । बालिकाको बयानको आधारमा मगरलाई पक्राउ गरेर प्रहरीलाई बुझाइएको हो । बालिकालाई उदयपु जिल्ला अस्पताल ल्याई स्वास्थ्य परीक्षण गरिएको प्रहरी निरीक्षक बाबुराम पोखरेलले बताउनुभयो । रासस
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.