भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
एक अध्ययनले सयमध्ये दस जना मानिसले आफ्नो कार्यालयमै सम्भोग गर्ने गरेको देखाएको छ। रोजगारीसम्बन्धी एक इन्टरनेट साइट ग्लासडोरले गरेको सर्वेक्षणले उक्त तथ्य पत्ता लगाएको हो। १ हजार जनाबीच गरिएको अनलाइन सर्वेक्षणका क्रममा दस प्रतिशतले कार्यालयमै आफ्नो प्रेम र यौनलाई मूर्त रूप दिने गरेको बताए। ५१ प्रतिशत मानिसले कार्यालयभित्रै आफ्ना सहकर्मीसँग प्रेम वा सेक्स गर्नु नराम्रो भएको बताए। सयमा ३७ जनाले सहकर्मीसँग रोमान्टिक गफ तथा अन्य व्यवहार गर्ने गरेको बताए। यता २२ प्रतिशतले भने आफूले कार्यस्थलमा सहकर्मीसँग कुनै प्रेम तथा यौनजन्य कार्य नगरेको स्पष्टीकरण दिए। कतिपय मानिस आफूले कार्यालयमा प्रेम तथा यौनजन्य काम नगरे पनि आफ्ना सहकर्मीको भने खुबै चियोचर्चो गर्दा रहेछन्। सर्वेक्षणका क्रममा ४१ प्रतिशतले आफ्ना केही सहकर्मीले कार्यालयमा यौनजन्य गतिविधि गर्ने गरेको सुइँको आफूले पाएको बताए। यद्यपि सर्वेक्षणको यो नतिजा सबै देशका सबै कार्यालयको हकमा नमिल्न सक्छ, तथापि यसले कार्यस्थलमा हुने रोमान्स तथा यौनजन्य गतिविधिमा वृद्धि भएको तथा समाजमा खुलापन बढिरहेको कुरालाई इंगित गरेको छ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.