Widgets

Home » » 'आत्महत्याको प्रमुख कारण वैदेशिक रोजगार

'आत्महत्याको प्रमुख कारण वैदेशिक रोजगार

Written By sangalo on Monday, July 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
श्रावण १५ - वैदेशिक रोजगार, चरम गरिबी र प्रेम वियोग दोलखामा आत्महत्याको मुख्य कारण बनेका छन् । वैदेशिक रोजगारमा गएपछि पतिपत्नी वा प्रेमीबीचको सम्बन्धमा शंका उत्पन्न हुने र त्यसपछि आत्महत्या गर्नेसम्म भएको प्रहरीले एक वर्षसम्मको घटनामा अध्ययनले देखाएको हो । लामो समयसम्म अलग बस्दा यौन कुण्ठाले जन्माएको अनेक सम्बन्धपछि सिर्जित दुर्घटना आत्महत्यामा परिणत हुनु नयाँ खाले सामाजिक समस्या बन्दै गएको प्रहरीको भनाइ छ । प्रहरी नायव उपरीक्षक ओमप्रसाद अधिकारी भन्छन्, 'आत्महत्याको प्रमुख कारण वैदेशिक रोजगार नै देखियो ।' स्वदेशमा विकल्प नभएपछि विदेशमा काम गर्न जाने क्रम बढ्दो छ । दोलखा प्रशासन कार्यालयको रेकर्डअनुसार गत आवमा मात्र ६ हजार १ सय ६५ ले राहदानी लिए । अघिल्लो वर्षको तुलनामा यस वर्ष अधिक राहदानी वितरण गरिएको सहायक प्रजिअ माधवप्रसाद अधिकारीले बताए । वैदेशिक रोजगारी बढेपछि समाजमा पतिपत्नी र प्रेमीबीचको असमझदारीले उब्जाएको घटना ठूलो समस्या बन्दै गएको उनको भनाइ छ । सम्बन्ध विच्छेद, परमहिला र पुरुषसँगको सम्बन्ध तथा रेमिटेन्सका कारण पारिवारिक बेमेलहरू सामाजिक अपराधका कारण बन्दै गएका छन् । 'अलग भएपछि बढेको असमझदारी र एक्लै बस्दाको दिग्दारी अत्यमा गएर आत्महत्यामा टुङ्िगदो रहेछ,' अधिकारीले भने । पछिल्लो एक वर्षमा दोलखामा ३३ जनाले आत्महत्या गरेका छन् । जसमध्ये महिलामात्रै २० जना छन् । दोस्रो कारण चरम गरिबी भएको निष्कर्ष अध्ययनले देखाएको छ । साधनस्रोत र आम्दानीको हिसाबले जिल्लाको अन्य गाउँभन्दा सम्पन्न मानिने भीमेश्वर नगरपालिकामा एक बालिकाले ढिडो खान नपाएको झोकमा आत्महत्या गरिन् । त्यो घटनामा प्रहरीको अनुसन्धानले दिनभरि काम गरेर घर पुग्दा बासी ढिडो आफूलाई नदिएर भाइलाई मात्रै दिएको झोकमा बालिका झुन्डिएको पुष्टि भएको छ । यस घटनाबाट आत्महत्यामा लैंगिक विभेद पनि कारण हुने देखिएको छ । अर्को एक घटनामा चट्याङ लागेर २३ वटा खसी मरेको दुई दिनपछि ऋण लाग्ने पिरले आत्महत्या गरेको पाइयो । आत्महत्याको तेस्रो कारण प्रेम वियोग देखिएको छ । 'सुसाइट नोट' मा प्रेमीले धोका दिएको, गर्भ बोकाएर भागेको जस्ता प्रसंग लेख्दै आत्महत्या गर्नेहरू देखिएको जिल्ला प्रहरीको भनाइ छ । नोटमा आरोप लगाएर आत्महत्या गरेपछि धोकेबाजलाई कारबाही होला भन्ने मनसाय राखेको अनुसन्धानबाट खुलेको छ । तर प्रेमीले धोका दिएर आत्महत्या गरेको भन्ने घटनामा प्रहरीले थप अनुसन्धन गर्न कानुन बाधक बनेको डीएसपी अधिकारी बताउँछन् । 'सुसाइट नोटमा उल्लेख भएको आरोपीलाई छानबिन गर्ने र गल्ती ठहरिएमा कारबाही गर्ने कानुन छैन,' उनले भने । भारतमा भने सुसाइट नोट पनि अनुसन्धान अघि बढाउने आधार मानिन्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger