भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
पप तथा समकालिन संगीतका अन्य विधामा र्यामपरको रुपमा स्थापित गिरीश खतिवडाले यसपटक तीज गीतमा र्याप हानेका छन्। उनले गायिका कोमल वलीको तीज गीतका लागि र्यायप हानेका हुन्। तीजको उपलक्ष्यमा आउन लागेको ओलीको सातौं एकल एल्बम 'झुमीझुमी'को एउटा गीतमा गिरीशले वलीलाई र्या प गाउँदै साथ दिएका हुन्। 'तीज गीतमा केही विशेष गरौं भन्ने लागेर गिरीशको र्याआप समावेश गर्ने निर्णय गरेकी हुँ,' कोमलले भनिन् , 'र्यापले मेरो तीजलाई नयाँ युवा पुस्तामा लोकप्रिय बनाउने कुरामा विश्वस्त छु। गीत पनि एकदमै राम्रो बनेको छ।' गिरिशले र्यारप हानेको गीतको भिडियोमा गिरीश स्वयंले अभिनय गरेका छन्। भिडियो बनाउन धेरै मेहनत गरेको कोमलले बताइन्। 'भिडियो बनाउन पनि राम्रै मेहनत गरेका छौं। मेरो डान्स हेरेर बिहेको प्रस्ताव आउँछ भन्नेमा ढुक्क छु,' उनले भनिन्। झन्डै एक महिनाको तयारीमा गीत तयार भएको हो। 'तीजमा रिलिज गरेको एल्बमले वर्षभर कमाइ गर्ने हुँदा मेहनत धेरै परेको छ। मेहेनतको फल राम्रो हुन्छ भन्ने कुरामा आशावादी छु,' उनले भनिन्। तीजलाई लक्षित गीत भए पनि सोमबारदेखि नै रिलिज गरिएको छ। 'आमा भन्ने शब्द पहिला उच्चारण, तिम्रो पोषणले भाग्य निर्धारण, तीज जब आउँछ, खुसियाली छाउँछ, फेरि एकपटक बेहुली बनाउँछ,' भन्दै र्याप गरेका गिरीशले ओलीसँगको गायन रमाइलो भएको बताए। 'लोकगीतमा फ्युजन गर्दै जाने सोच छ। बिस्तारै तीजको गीतबाट सुरु गरेको हुँ,' गिरीशले भने। परम्परागत शैलीमा तयार हुने तीज गीत भने गिरीशले खासै सुन्ने गरेका छैनन्। 'तीज गीत पहिले त खासै सुन्ने गरेको छैन तर अब त आफैँ पनि संलग्न भएँ। यो साल चैं ध्यान दिएर सुन्छु। जे मा पनि नयाँपन दिँदा राम्रै हुन्छ,' उनले भने। विभिन्न कन्सर्टमा व्यस्त रहने उनी नयाँ शैलीका लोक गीतहरुमा समेत नेपाली र्याप गीतलाई फ्युजन गराउन चाहन्छन्। तर तीज गीतमा र्यापको पहिलो प्रयोगको प्रतिक्रियाले बाँकीको बाटो तय गर्ने गिरीशको सोच छ। 'पहिलो प्रयासको प्रतिक्रिया हेरेर नयाँ गीतहरुको तयारी गर्ने सोचमा छु,' गिरीशले भने।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.