भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
मुम्बई – बलिउड अभिनेता आमिर खान अर्का दुई खान सलमान र शाहरुख दुवैका आत्मीय मित्र हुन्। त्यसैले अँगालो हाल्दै दुईले आफ्नो सम्बन्ध न्यानो बनाउन खोजेकोमा आमिर खुसी छन्। सलमान र शाहरुखबीच चिसोपन छाउँदा बलिउड फिल्म उद्योग लगभग दुई गुटमा विभाजित थियो। एउटा गुट सलमानतिर थियो भने अर्को शाहरुखतिर। तर, आमिर मात्र त्यस्ता अत्यन्त थोरै कलाकारमध्ये थिए, जो उक्त अवधिमा सलमान र शाहरुख दुवैसँग समान दुरीमा रहे। केही दिनअघि नेता बाबा सिद्दिकीको पार्टीमा सलमान र शाहरुखले एकअर्कालाई अँगालो हाल्दै चिसोपन मेटाउने संकेत दिएका थिए। यो घटनाबाट सबैभन्दा खुसी आमिर हुनु स्वाभाविकै हो। किनभने बेलाबेला दुई खानको सम्बन्ध सुधार्न आमिरले नै भूमिका खेल्ने समाचार फाट्टफुट्ट आइरहन्थ्यो। 'यो रामजनको पवित्र महिनामा आफ्नो असमझदारी मेटाउँदै कोही एकअर्काको मित्र बन्छ भने त्यसमा मलाई निकै राम्रो महसुस हुन्छ,' फिल्म 'इसक'को प्रिमियरमा आएका आमिरले भने। उनले प्रष्टसँग कसैको नाम नलिए पनि सबैले उनले इंगित गर्न खोजेको व्यक्तिलाई चिनिहाले।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.