Widgets

Home » , » स्मार्टफोनलाई चुनौति दिँदै क्यानभास ४

स्मार्टफोनलाई चुनौति दिँदै क्यानभास ४

Written By sangalo on Tuesday, July 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
स्मार्टफोनलाई चुनौति दिँदै क्यानभास ४
भारतीय मोबाइल फोन निर्माता कम्पनी माइक्रोम्याक्सले ल्याएको नयाँ फोन 'क्यानभास ४'ले सस्तो मूल्यमा स्मार्टफोन बोक्न चाहनेहरुको सपना पूरा गर्ने भएको छ। समकालीन स्मार्टफोनहरुको तुलनामा यसको मूल्य कम पर्नेछ। यसले सामसङ ग्यालेक्सी एस ४, एचटीसी वन, नोकिया लूमिया, एलजी, गुगल नेक्सस ४ लाई चुनौति दिने अनुमान गरिएको छ। १३ मेगापिक्सल र ८ कोर प्रोसेसर भएको क्यानभास ४ मोबाइलको मूल्य ३० हजार वरिपरि छ। कम्पनीले यु–ट्युबमा यो नयाँ फोनबारे केही भिडियो जानकारी राखेको छ। फोनले युवालाई आकर्षित गर्ने विश्वास कम्पनीको छ। क्यानभास ४ को मुख्य विशेषता भनेको १३ मेगापिक्सलको क्यामेरा नै हो। यसको अलवा यसमा ५ मेगापिक्सलको फ्रन्ट क्यामेरा पनि छ। ५.५ इन्च एचडी डिस्प्ले स्क्रीन रहेको मोबाइलमा २ जीबी र्यायम, १६ जीबी इन्टरनल मेमोरी, ३२ जीबी एक्सर्टनल मेमोरी र एन्ड्रोइड ४.२.२ अपरेटिङ सिस्टममा यसको प्रयोग गर्न सकिनेछ। मोबाइलको पछिल्लो भाग पलाष्टिकले बनेको छ। यसले एक क्लिकमा १५ सेकेण्डभित्र ९९ फोटो खिच्न सक्ने क्षमता राख्छ। माइक्रोम्याक्सले यस फोनमा 'ब्लो– टु अनलक' फीचर पनि राखेको छ। बेस्सरी फुकेपछि पनि मोबाइल अनलक हुन्छ। फोनमा आलमुनियम कभर लगाइएको छ। तर यसका लागि थप ३ हजार तिर्नुपर्ने हुन्छ। यस नयाँ फोनमा भिडियो हेर्दै म्यासेज वा इमेल पनि गर्न सकिन्छ। एउटा भिडियो हेर्दै अर्कोको प्रिभियु पनि हेर्न सकिन्छ। भिडियो हेर्दाहेर्दै मोबाइल छाडेर अर्कोतर्फ गएमा भिडियो पनि रोकिन्छ। यो फोनको अर्को नयाँ विशेषता हो। माइक्रोम्याक्सले क्यानभास सिरिजमा अहिलेसम्म चार फोन बजारमा ल्याइसकेको छ। जसमा क्यानभास एचडी, क्यानभास ३ डी, क्याभास म्युजिक र क्याभास वीवा रहेका छन्। बजारमा यी मोबाइलको माग अन्यको तुलनामा बढी छ। क्यानभास ४ ले पनि आफ्ना पुराना सिरिजकै बाटोमा अगाडि लाग्ने अनुमान गरिएको छ।

 भिडियो

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger